तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप | Khabarhub Khabarhub

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप अभियान सम्पन्न गरेको छ ।

नगरपालिकाले गत वर्ष पशुमा महामारीको रूपमा देशभर फैलिएको लम्पीस्किन रोगविरुद्ध यस वर्ष नगरपालिकाले चार हजार ८५२ पशुलाई लम्पीस्किन रोगविरुद्धको खोप लगाएको हो । 

गत जेठ ३ गतेदेखि जेठ २२ गतेसम्म नगरपालिकाका १७ वडामा चार हजार आठ सय ५२ पशुलाई उक्त खोप लगाइएको नगरपालिकाको पशु शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिए । 

गत वर्ष नगरपालिकाले कृषकको गोठमै पुगेर  लम्पीस्किन रोगविरुद्ध खोप लगाएको थियो । यसका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्न २० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख  भुसालले बताए । यस वर्ष रोग भित्रिनु अगाडि नै सो रोगविरुद्धको खोप लगाइएको उनको भनाइ छ ।

गत वर्ष नगरपालिकामा ४ हजार ७४८ पशुलाई खोप लगाइएको थियो भने ८३६ पशु सो रोगबाट सङ्क्रमित भएका थिए । उक्त रोगबाट १०६ पशुको मृत्यु भएको प्रमुख भुसालले बताए ।

लुम्बिनी प्रदेशमा लम्पीस्किन रोगबाट अहिलेसम्म नौ हजार ६११ पशुको मृत्यु भएको छ भने एक लाख ९२ हजार १८ पशु सङ्क्रमति भएका छन् । 
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ५८ बजे

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

धनगढी– हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र

दीपकराजको हललाई बहिष्कार गर्ने सन्तोषको गोप्य योजना

काठमाडौं – कलाकार दीपकराज गिरी र निर्देशक सन्तोष सेनको फेसबुकको

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क

जलवायु परिवर्तनका दुष्प्रभाव : सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

कञ्चनपुर– जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसाय पर्यटनसँग