छ दिन पाँच रात लगातार पढेर जोशीले राखे गिनिज बुकमा रेकर्ड « Khabarhub

छ दिन पाँच रात लगातार पढेर जोशीले राखे गिनिज बुकमा रेकर्ड


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार १सय२४ घण्टा ३० मिनेट किताब पढेर मुकेश जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् ।

छ दिन पाँच रात लगातार किताब पढेका जोशीले विश्व किर्तिमानी बनाएका छन् । सुदुरपश्चिम प्रदेशको पहाडि जिल्ला बझाङका जोशीले उक्त समय पुरा गर्न २२ किताब बढेको आयोजक गिनिज इभेण्टले जनाएको छ ।

जोशीले असोज ५ गते बिहान ११ः३० बजेदेखि पढ्न शुरु गरेका थिए भने शुक्रबार दिउँसो ४ः१० बजेसम्म पढेका हुन् ।

यसक्रममा उनले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताब पढेको बताए ।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । जोशीले प्रमाणपत्र पाउन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ३१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा