आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव  « Khabarhub

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदायहरू एक हुनुपर्ने बताएका छन् ।  

दलित, पिछडा वर्ग, थारु, मुस्लिम, आदिवासी र अल्पसङ्ख्यक समुदायको केन्द्रीय परिसंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यादवले उत्पीडनमा परेका समुदायहरू एक भएर अघि बढ्न नसके भेदभावको अन्त्य हुन नसक्ने बताएका हुन् ।

फुटाउने र राज्य गर्ने नीति चलिरहने र आफूहरू एक आपसमा लडिरहने प्रवृत्तिले प्राप्त भएका उपलब्धि समेत टिकाउन नसकिने उनले बताए । 

अध्यक्ष यादवले पहिचानको मान्य सबै समुदायले पाउनुपर्ने धारणा राखे । प्रदेशको संरचना पहिचानका आधार नभएकाले अहिले निर्माण गरेको सात वटा प्रदेश काम नलाग्ने उनले बताए । 

अध्यक्ष यादवले सबैभन्दा पछि परेकाहरूको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने र सेवाको अवसर तथा विकासका लगानीमा सबैभन्दा पछि परेका समुदायबाट सुरु  गर्नुपर्नेमा जोड दिए । 

उनले अहिलेको निर्वाचन प्रणालीले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ४५ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६