प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन् ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । चवालिस करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क ‘अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए । 

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेकामा आपत्ति जनाउँदै उनले यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, उद्धव थापालगायत सहभागी थिए ।
 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : १३ बजे

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान