प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप « Khabarhub

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ।

दमकस्थित चोकमा आयोजित हस्ताक्षर अभियान केही समयका लागि रोक्न भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा पुगेको टोलीले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै चलेको हस्ताक्षर अभियानमा अवरोध गरेको हो ।

प्रहरी निरीक्षकसहितको टोलीले हस्ताक्षर अभियानका नाममा माइकिङ नगर्न, भिड नदेखाउन र केही समयलाई यो अभियान रोक्न भनेको थियो ।

तर आयोजकहरूले नमानेपछि प्रहरीले हस्तक्षेप गरेर कार्यक्रम बिथोलिदिएको हो । ‘पाँचवटा प्रहरीको गाडी आएर माइक खोसेको छ । हाम्रो माइक भाँचिदिएको छ । हामीलाई यहाँ हट्न दबाब दिएको छ’, रास्वपाका एक कार्यकर्ताले भने, ‘प्रहरीले हाम्रो माइकसमेत भाँचिदिएको छ । प्रहरी हो कि गुन्डा हो, यस्तो व्यवहार हुँदै भएन ।’

प्रधानमन्त्री ओली यतिबेला इलाम र झापासहितको जिल्ला भ्रमणमा छन् । उनी गृहनगर दमक पुग्दै गर्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर रोक्न दबाब दिएको हो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : २९ बजे

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान