‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने  | Khabarhub Khabarhub

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिक्री सुरु गरेको छ । 

मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन । नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लाबाट उत्पादनको बिक्री सुरुवात गरेको हो । 

यहाँबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । भारतमा १९९२ मा स्थापना भएको कम्पनी कम्पनी हो । १ लाख भन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार विस्तार गरेको छ, साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ। 

नेपालमा ठुलो सख्यामा ग्राहक रहेपनी विभिन्न रूपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागी आधिकारिक बिक्रेता नियुक्त गरेको छ।

नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रालि रहेको छ, जसकी अध्यक्ष सफल तथा प्रतिष्ठित महिला उद्यमी मोतिना चन्द हुन।

चन्दले प्रीफ्याब प्यानल नेपाल, ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात) र जे बी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छन्।

ब्लक बुल गार्मेन्ट ट्रेडिङ को माध्यमबाट अब नेपाली बजारमा महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि शर्टिङ, शुटिग लगायतका सम्पूर्ण कपडा वस्तुहरू उपलब्ध हुने जनाइएको छ ।

उक्त सबै सामग्री भारतबाट प्रत्यक्ष उत्पादन स्थलबाटै, कुनै पनि चोरी निकासी नगरी राजस्व तिरेर कानुनी रूपमा आयात गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको नेपाल आगमन प्रक्रिया संयोजन पत्रकार महासंघकी सचिव सोनी शर्माले गरेकी हुन्। शर्मा ब्लक बुलकी निर्देशक तथा कम्पनी सदस्य हुन । समूहको सामाजिक सञ्जाल विस्तारमा शर्माको अनुभवी संलग्नताले यस ब्राण्डलाई नेपालको बजारमा अझ प्रभावकारी उपस्थिति दिलाउने विश्वास लिइएको छ।

त्यस्तै, कम्पनीको जनसंपर्क तथा प्रचारप्रसारलाई अझ सशक्त बनाउनका लागि प्रवक्ता तथा जनसंपर्क अधिकारीका रूपमा सुपरिचित व्यक्ति अमरबहादुर चन्द रहेका छन् ।

कम्पनीको नेपालस्थित सम्पर्क कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्नेछन्, जसमा केवल ढुवानी खर्च र भन्सार महसुल मात्र थपिने व्यवस्था गरिएको छ।

ब्लक बुल गार्मेन्ट ट्रेडिङको यो कदमले नेपालमा गुणस्तरीय कपडाको व्यापारलाई संस्थागत गर्न, चोरी निकासी र अवैध व्यापारलाई निरुत्साहित गर्न, र पारदर्शी व्यापार संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : ०५ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको