जाजरकोटका बिरामीको पीडा- न एम्बुलेन्स, न एक्सरे | Khabarhub Khabarhub

जाजरकोटका बिरामीको पीडा- न एम्बुलेन्स, न एक्सरे


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् ।

बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ ।

गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए ।

चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्ष तत्कालीन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी अहिले सञ्चालन भएको छ ।

अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा दैनिक बिरामीले सास्ती भोग्नुपरेको छ । एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्ट्रेचरमा राखेर अस्पताल लाने र ल्याउने काम भएको स्थानीयवासी बताउँछन् । त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको छ ।

चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएपछि बिरामीले एक्सरे गर्न पाएका छैनन् । मेशिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष बस्नेतले बताए ।

अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको उनले बताए ।

स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय र अस्पताल एकै कार्यालयको रुपमा रुपान्तरण पछि अहिले गाभ्ने कार्य शुरु भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ७ : ५० बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका