राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने « Khabarhub

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रियसभाअन्तगर्तको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताका लागि आयोगलाई सक्रिय बनाउन र प्राकृतिक स्रोतको राजश्व बाँडफाँटलाई समन्यायिक बनाउन आवश्यक कानुन तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गरे । 
     
सांसद उदयबहादुर बोहोराले वित्तीय सङ्घीयताका लागि आयोगले प्रभावकारी भूमिका खेल्न नसकेको जिकिर गरे । सांसद शेखरकुमार सिंहले स्थानीय सरकारले सङ्घीयता सबलीकरणका लागि बढी मेहनत गर्न जरुरी भएको बताए । 

सांसद जगप्रसाद शर्माले सङ्घीयता सबलीकरणका लागि आयोगलाई नीतिगत रूपमा बलियो बनाइनुपर्नेमा जोड दिए । सांसद इन्दिरादेवी गौतमले प्राकृतिक स्रोतसाधनको पहिचान र व्यवस्थापनतर्फ ध्यान दिन  सुझाव दिइन् । 

सांसद विष्णुकुमारी सापकोटाले सङ्घीयतालाई सफल बनाउने आधार स्थानीय सरकार भएको भन्दै प्राकृतिक कच्चापदार्थको सदुपयोग गरेर आर्थिक सबलीकरण गर्नुपर्नेमा जोड दिइन् । 

सांसद किरणबाबु श्रेष्ठले वित्त आयोग र सरकारको कामबीच प्रभावकारी समन्वय हुन जरुरी रहेको बताए  । सांसद नारायणदत्त मिश्रले प्राकृतिक स्रोत र राजश्व बाँडफाँटलाई सन्तुलित र जबाफदेही बनाइनुपर्ने बताए ।

वित्तीय सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्थाका बारेमा समितिले आयोगका पदाधिकारीहरूसँग छलफल गरेको हो । 

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनतर्फ आयोगको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले आयोगको कामकारबाहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरोकार भएका पक्षसँग छलफल गरी थप रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गरे ।

आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आयोगका सिफारिस कार्यान्वयनमा विलम्ब भइरहेको गुनासो गरे । आयोगले ५७ वटा सुझाव दिएकामा पाँच वटा मात्रै आंशिक रूपमा कार्यान्वयनमा आएको उनले उल्लेख गरे ।

आयोगका तर्फबाट प्रस्तुतीकरण गर्दै कार्यवाहक अध्यक्ष गुरुङले प्राकृतिक स्रोतसम्बन्धी एकीकृत कानुन तर्जुमा गरी कार्यान्वयन ल्याउन सरकारसमक्ष माग गरेका थिए ।  

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ४९ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो