स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै  « Khabarhub

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै स्थानीय तहलाई स्वास्थ्य बिमा बोर्डले आग्रह गरेको छ । 

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सबै स्वास्थ्य बिमाको प्रथम विन्दु भएर स्वास्थ्य सेवा दिन चाहने स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूले जानकारी गराउन आग्रह गरेको हो । साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्र प्रथम सेवा विन्दु तोकेपछि बीमितहरूलाई समस्या हुने गुनासो आए पछि बोर्डले आज यस्तो सूचना प्रकाशन गरेको हो । 

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन, २०८२) को दफा ९ को उपदफा (६) बमोजिम प्रथम सेवा विन्दु प्रयोजनकालागि प्रत्येक स्थानीय तहमा कम्पनीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था रहेको छ । 

‘सोही व्यवस्थाबमोजिम स्थानीय तहअन्तर्गतका कुन–कुन सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो र प्रथम सेवा विन्दुमा लागि अपुग भएका मापदण्ड कति समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा बीमा बोर्डलाई जानकारी गराउन हुन निर्णय अनुसार अनुरोध गरिन्छ’, सूचनामा उल्लेख गरिएको छ। 

बोर्डले साउन १ गते देखि सरकारी स्वास्थ्य संस्थाहरूलाई मात्र प्रथम सेवा विन्दु राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : १४ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर