‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’ « Khabarhub

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक वर्ष समग्रमा मिश्रित रहेको बताएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले वर्तमान सरकारको एक वर्षमा जनताको आवश्यकता र अपेक्षा पूर्ण रूपमा पूरा हुन नसके पनि केही राम्रा कुराहरू भएको बताएका हुन् ।

डेलिभरी र सुशासनका क्षेत्रमा वर्तमान सरकार अझ बढी गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए । उनले सरकारले आफ्ना संयन्त्रलाई मजबुत गरी जनताको सेवामा ध्यान दिँदै काम गर्नुपर्नेमा जोड दिए । 

आगामी दिनमा प्रश्न उठ्न नदिने गरी सरकारले आफ्नो काम कारबाहीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै महतले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा गहिराइमा गएर हेर्नुपर्ने धारणा राखे । 

पदको दुरुपयोग हुने ठाउँ राख्न नहुने भन्दै उनले यस विषयमा सत्य तथ्य बाहिर आउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : २१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली