सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता « Khabarhub

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीन वटा छलफल सत्र र चार वटा मुख्य सत्रमा सहभागी भएको थियो ।

यही जुलाई ८ देखि ११ तारिखसम्म सम्पन्न सो सम्मेलनमा कसरी सूचना प्रविधिको प्रयोगबाट दिगो विकास लक्ष्य प्राप्ति गर्न सकिन्छ र अहिलेको एआई प्रविधिलाई मानव विकासमा सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

सम्मेलनमा सरकारका तर्फबाट मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग र विश्वमा यसको प्रवृत्ति तथा नेपालमा यसका के कस्ता चुनौती देखिएका छन् भन्ने बारेमा धारणा राखेका थिए ।

त्यस्तै, नेपालले यस सम्बन्धमा देखा परेको खाडललाई सम्बोधन गर्न विभिन्न नीति, योजना, कार्यक्रम अगाडि बढाइरहेकाले त्यसमा सहयोग गर्न पनि सञ्चारमन्त्री गुरुङले सम्मेलनमा आह्वान गरेको सञ्चार तथा सूचना प्रविधि  मन्त्रालयका सूचना प्रविधिविज्ञ सल्लाहकार डा शालिग्राम पराजुलीले जानकारी दिए ।

सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी राष्ट्रका मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरी विश्व सूचनाबारे समाजलाई बलियो बनाउनेबारे विचार–विमर्श गरेका थिए  । नेपालमा सूचना प्रविधि, ऊर्जालगायतका क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको उल्लेख गर्दै मन्त्री गुरुङले कोइला प्रयोग गरेर बिजुली निकाल्नुको साटो जलविद्युत्मा लगानी गर्न आग्रह गरेका थिए ।

सम्मेलनका क्रममा रोबोटिक्स प्रतियोगिता आयोजना गरिएकामा सिनियर समूहमा च्याम्पियन र जुनियर समूहतर्फ नेपाल विश्वमा दोस्रो बन्न सफल भएको विज्ञ सल्लाहकार पराजुलीले बताए । 

मन्त्री गुरुङले नेपालको सूचना तथा प्रविधि क्षेत्रमा लगानीका लागि विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई आग्रह गरेका थिए  ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : २४ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर