गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ | Khabarhub Khabarhub

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका रूपमा चिनिँदै गएको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रुत विकास भइरहेको जानकारी दिए । 

‘अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति/स्थापनाको बढी माग छ’, उनले भने, ‘नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’

नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनःविधयेकमाथि छलफल सुरु हुने बताए । 

‘प्रहरी कर्मचारीमा हवलदारसम्म १६ वर्षमै पेन्सन पाएर अवकाशमा जाने व्यवस्था विधेयकमा गरिएको छ’, उनले भने, ‘प्रहरीको उच्च मनोबलका साथ कार्य दक्षता बढ्न सकोस् भनेर प्रहरी सङ्गठनलाई तुलनात्मक रूपले आगामी आवका लागि बढी बजेट विनियोजन गरिएको छ ।’

आम नागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यात्मक अवस्था हट्ने छ । 
 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : २६ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने