वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक « Khabarhub

वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार विमोचन गरिएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त कविता सङ्ग्रह विमोचन गरेकी हुन् । 

सो अवसरमा उपसभामुख रानाले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन्।  मधेशमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो । 

उपसभामुख रानाले भनिन्, ‘एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ । यसरी महिलाहरूले एकापसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनाका साथै सामीप्यता र सद्भावलाई बढाउने काम गर्छ । साथै लेखिका मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु ।’

आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख रानाले बताइन् । ‘लेखिका मिश्रले नेपाल आएर नेपाली भाषा सिकेर त्यसलाई पुस्तकका रूपमा हामीसम्म ल्याउन सक्नुहुन्छ भने हामी पनि सक्छौँ, म पनि सक्छु । हामीले आफ्नो ऊर्जा यस्ता सकारात्मक कार्यमा खर्चिनु पर्छ’, उनले भनिन् । 

उक्त कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन् । ‘म सन् १९८६ मा नेपाल आएकी हुँ । यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु’, उनले  भनिन् । उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको बताइन् । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ३० बजे

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा