झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु | Khabarhub Khabarhub

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आइतबार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे१ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेको मे११प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटर चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

टिपर चालक विर्तामोड–२ का ४६ वर्षीय तोयानाथ विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ४० बजे

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल