भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न « Khabarhub

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको अवसरमा काठमाडौंस्थित केन्द्रिय कार्यालयमा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेको छ। दक्षिण एसिया निर्देशक कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता साहित्यकार भीम उप्रेतीले गरेका थिए।

कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट आएका १८ जना चर्चित अतिथि कविहरूले आफ्ना रचना वाचन गरेका थिए। कविता वाचन गर्ने प्रमुख कविहरूमा सन्तोष कुमार पोखरेल, स्नेह सायमी, रन्जना निरौला लगायत थिए। त्यस्तै, कार्यक्रममा सहभागी केही कविहरूले पनि खुला सत्रमा आफ्ना कविता प्रस्तुत गरेका थिए।

सो अवसरमा “शान्ति साहित्य सभा” नामक नयाँ साहित्यिक संस्थाको पनि औपचारिक उद्घाटन गरिएको छ। कवि रूपसिंह भण्डारीको संयोजकत्वमा स्थापना गरिएको यस संस्थाले हरेक वर्ष उत्कृष्ट एक जना कविलाई “शान्ति साहित्य पुरस्कार” स्वरूप नगद एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

कार्यक्रमको स्वागत मन्तव्य एचबी खत्रीले प्रस्तुत गरेका थिए भने समापनतर्फ समाजसेवी विनोद डाँगीले आयोजक संस्था र सहभागी कविहरूप्रति आभार व्यक्त गरेका थिए।

भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा साहित्यिक माहोलले शान्ति, एकता र राष्ट्रिय संस्कृतिप्रतिको सम्मानको भाव जागृत गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

उक्त कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको लगाव बढाउने र शान्तिका पक्षधर कलाकर्मीलाई प्रोत्साहन दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ३३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा