भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न « Khabarhub

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको अवसरमा काठमाडौंस्थित केन्द्रिय कार्यालयमा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेको छ। दक्षिण एसिया निर्देशक कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता साहित्यकार भीम उप्रेतीले गरेका थिए।

कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट आएका १८ जना चर्चित अतिथि कविहरूले आफ्ना रचना वाचन गरेका थिए। कविता वाचन गर्ने प्रमुख कविहरूमा सन्तोष कुमार पोखरेल, स्नेह सायमी, रन्जना निरौला लगायत थिए। त्यस्तै, कार्यक्रममा सहभागी केही कविहरूले पनि खुला सत्रमा आफ्ना कविता प्रस्तुत गरेका थिए।

सो अवसरमा “शान्ति साहित्य सभा” नामक नयाँ साहित्यिक संस्थाको पनि औपचारिक उद्घाटन गरिएको छ। कवि रूपसिंह भण्डारीको संयोजकत्वमा स्थापना गरिएको यस संस्थाले हरेक वर्ष उत्कृष्ट एक जना कविलाई “शान्ति साहित्य पुरस्कार” स्वरूप नगद एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

कार्यक्रमको स्वागत मन्तव्य एचबी खत्रीले प्रस्तुत गरेका थिए भने समापनतर्फ समाजसेवी विनोद डाँगीले आयोजक संस्था र सहभागी कविहरूप्रति आभार व्यक्त गरेका थिए।

भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा साहित्यिक माहोलले शान्ति, एकता र राष्ट्रिय संस्कृतिप्रतिको सम्मानको भाव जागृत गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

उक्त कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको लगाव बढाउने र शान्तिका पक्षधर कलाकर्मीलाई प्रोत्साहन दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ३३ बजे

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल

आक्रमणमा इरानी सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन