बैतडीमा बस दुर्घटना हुँदा २१ घाइते | Khabarhub Khabarhub

बैतडीमा बस दुर्घटना हुँदा २१ घाइते


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’को तयारी भएको उनले बताए । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा आज बिहान ३ बजे दुर्घटनामा परेको हो ।

बसका चालक फरार छन् । सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ०५ बजे

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व