भानु जयन्ती : एक लाख राशीको ‘शान्ति साहित्य पुरस्कार’ को स्थापना  « Khabarhub

भानु जयन्ती : एक लाख राशीको ‘शान्ति साहित्य पुरस्कार’ को स्थापना 


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भानु जयन्तीको अवसरमा एक लाख राशीको ‘शान्ति साहित्य पुरस्कार’ को स्थापना गरिएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघले साहित्यमार्फत विश्व शान्तिको अभियानलाई अगाडि बढाउन ‘शान्ति साहित्य पुरस्कार’ स्थापना गरेको हो । 

कवि रुपसिंह भण्डारीको संयोजकत्वमा संस्थाले हरेक वर्ष उत्कृष्ट एक जना कविलाई एक लाख रुपैयाँको शान्ति साहित्य पुरस्कार दिने निर्णय गरेको हो । भण्डारी मुलत: अंग्रेजी साहित्यमा कलम चलाउँछन् अंग्रेजी कविता संग्रह ‘कन्सियन्स कवान्टम’ का सर्जक हुन् । 

अंग्रेजी साहित्यमामर्फत उनले नेपाली कला, प्रकृति, संस्कृति, पहाड हिमालको प्रवर्द्धन गरिरहेका छन् । साथै, उनले नेपाली भाषामा पनि थुप्रै कविता लेखेका छन् । लामो समयदेखि विश्व शान्ति अभियानमा जोडिएर काम गर्दै आएका उनले साहित्य सिर्जना मानव सभ्यताकै सबै भन्दा उज्यालो रङ हुने भएकाले यसैमार्फत विश्वलाई एक गर्न सकिने बताउँछन् । 

भानु जयन्तीको अवसरमा एक कार्यक्रम गर्दै संघले कविता वाचन कार्यक्रम आयोजना  गरेको थियो । कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रञ्जना निरौला लगायतका १८ कविहरूले कविता वाचन गरेका थिए ।  

कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघका दक्षिण एसिया निर्देशक कृष्ण अधिकारी, प्रमुख अतिथि भीम उप्रेती, समाजसेवी विनोद डांगी र एच बि खत्री लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको