अभाव झेल्दै छात्रावासका मुक्त कमलरी बालिका | Khabarhub Khabarhub

अभाव झेल्दै छात्रावासका मुक्त कमलरी बालिका


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को ऐरीमा रहेको पूर्ण माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी बालिका आर्थिक अभाव झेल्दै आएका छन् ।

बालिकालाई लुगा खरीद गर्न, खाना खर्च जुटाउन, औषधि उपचारका लागि खर्चको अभाव भएको हो । छात्रावासमा बसेर अध्ययन गर्दै आएका ३२ बालिकामध्ये अधिकांश अभिभावकविहीन अवस्थाका छन् । कमलरी बालिका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत छन् ।

सरसफाइ खर्चबापत कमलरी बालिकालाई मासिकरुपमा ५ सय दिइने गरेको छ । जसबाट उनीहरुले नुहाउने लुगा धुने साबुन र सोडा खरीद गर्दै आएका छन् । थारै खर्च रकम भएकाले नपुग्ने मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरीले भनिन्, “औषधोपचारका लागि खर्चको व्यवस्था नहुँदा निकै गाह्रो छ ।”

अभिभावक नभएका मुक्त कमलरी बालिकाले एक जोर विद्यालय पोशाकमै वर्ष कटाउनु पर्ने बाध्यता रहेको उनले बताए । पहिला केही दातृ निकायले मुक्त कमलरी बालिकालाई सहयोग रकम जुटाइने कार्यले गर्दा सहज भएपनि हाल दातृ संस्थाले हेर्न छाडेपछि कमलरी बालिका आर्थिक अभाव झेल्न बाध्य भएका छन् ।

दश महीनासम्म खाना खर्चका लागि बजेटको व्यवस्था गरिने भएपनि दुई महिना खाना खर्च जुटाउन कमलरी बालिकालाई निकै समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक पर्शुराम पन्त छात्रावासमा पढ्दै आएका मुक्त कमलरी बालिकाको लुगाफाटोको व्यवस्था सङ्घ संस्थाले दिएकै भरमा हुने गरेको बताए ।

कमलरी बालिकाका लागि अतिरिक्त खर्च कुनै पनि निकायबाट उपलब्ध नहुँदा जेनतेन धानिँदै आएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ११ : ५९ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका