‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ | Khabarhub Khabarhub

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको अर्को फिल्म ‘सुम्निमा’को नायकमा कुन्साङ बमजन फाइनल भएका छन् ।

निर्माण पक्षले फिल्ममा नायक कुन्साङ अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । यस फिल्मको नायिकामा उपसनासिंह ठकुरी यसअघि नै अनुबन्ध भइसकेकी छन् ।

यस फिल्ममा कुन्साङ र उपासना प्रेम जोडीको रुपमा देखा पर्ने निर्माण पक्षले बताएको छ । अर्थात्, यी दुईले फिल्ममा ‘अनस्क्रिन रोमान्स’ गर्ने पक्का भएको छ ।

मिलन चाम्ससँग सहकार्य गर्न पाउनुलाई नायक कुन्साङले अवसरका रुपमा लिएका छन् । उनी भन्छन्, ‘म यो फिल्मलाई डेब्यू मानेर मिहिनेतका साथ गर्नेछु ।’

निर्देशक चाम्सका अनुसार यो विशुद्ध प्रेम कथामा आधारित फिल्म हो । उनी भन्छन्, ‘नामले यो कुनै नारीको कथा हो कि जस्तो लाग्न सक्छ । तर, यो प्रेम कथा हो ।’

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्मको लेखक राजीव थापा हुन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : २७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक