‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’ « Khabarhub

‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल लिड भूमिकामा रहेको पहिलो फिल्म ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । भदौ ६ बाट प्रदर्शनमा आउन लागेको यस फिल्मको टिजर मंगलबार सार्वजनिक भएको हो ।

टिजरले एक ग्रामिण गरिब परिवारको बुवा-छोराको भवनात्मक कथामा फिल्म बनेको संकेत गर्छ ।

धन कमाउन कोरिया जाने सपना बोकी विजयले गाउँ छाडेको विषयमा टिजर केन्द्रित छ । गाउँ छाड्ने बेला एक व्यक्तिलाई विजयले कारुणिक आवाजमा भन्छन्, ‘मेरो सपना पूरा नहुने बेलासम्म मेरो बालाई बूढो नहुनु भन्दे है ।’

कोरिया जान काठमाडौं छिरेका विजय काठमाडौंमा संघर्षमै रुमलिएको देखाइएको छ । काठमाडौं टिक्नका लागि उनले रिक्सा चलाउने र जादु देखाउनेलगायतका कामहरु गर्छन् ।

काठमाडौंमा संघर्षमै हराएका विजयले विदेश यात्रा गर्छन् कि गर्दैनन् ? यसको जवाफ टिजरमा छैन ।

काठमडौंमा उनको नायिका मिरुना मगरसँग भेट भएको देखिन्छ । उनीहरुबीच प्रेम अंकुराएको टिजरले प्रष्ट पारेको छ । मिरुनाले विजयलाई भन्छिन्, ‘मलाई तिमी कस्तो आफ्नै मान्छे जस्तो लाग्छ ।’

टिजरमा नायक विजय हाबी छ । मिरुनाको एक मात्रै संवाद छ । टिजरमा नायिका केकी अधिकारीलाई थोरै स्थान दिइएको छ । उनको कुनै पनि संवाद छैन । केकी र विजयको भेट हुन्छ तर उनीहरुको सम्बन्ध टिजरले खुलाएको छैन ।

टिजरमा विजय, केकी, मिरुनासहित भोलाराज सापकोटा, सुशांक मैनाली, विशाल पहारी र रेयर राई लगायतलाई स्थान दिइएको छ ।

टिजरले फिल्म सामाजिक कथामा बनेको प्रष्ट पारेको छ। यसको लेखक भानुभक्त ढकाल हुन् । निर्देशक हिमाल न्यौपाने हुन् । पेपरक्लिप ब्यानरमा बनेको यस फिल्मको निर्माताहरु कमल न्यौपाने र विमद न्यौपाने हुन् ।

टिजर :

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ११ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००