‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’ | Khabarhub Khabarhub

‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल लिड भूमिकामा रहेको पहिलो फिल्म ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । भदौ ६ बाट प्रदर्शनमा आउन लागेको यस फिल्मको टिजर मंगलबार सार्वजनिक भएको हो ।

टिजरले एक ग्रामिण गरिब परिवारको बुवा-छोराको भवनात्मक कथामा फिल्म बनेको संकेत गर्छ ।

धन कमाउन कोरिया जाने सपना बोकी विजयले गाउँ छाडेको विषयमा टिजर केन्द्रित छ । गाउँ छाड्ने बेला एक व्यक्तिलाई विजयले कारुणिक आवाजमा भन्छन्, ‘मेरो सपना पूरा नहुने बेलासम्म मेरो बालाई बूढो नहुनु भन्दे है ।’

कोरिया जान काठमाडौं छिरेका विजय काठमाडौंमा संघर्षमै रुमलिएको देखाइएको छ । काठमाडौं टिक्नका लागि उनले रिक्सा चलाउने र जादु देखाउनेलगायतका कामहरु गर्छन् ।

काठमाडौंमा संघर्षमै हराएका विजयले विदेश यात्रा गर्छन् कि गर्दैनन् ? यसको जवाफ टिजरमा छैन ।

काठमडौंमा उनको नायिका मिरुना मगरसँग भेट भएको देखिन्छ । उनीहरुबीच प्रेम अंकुराएको टिजरले प्रष्ट पारेको छ । मिरुनाले विजयलाई भन्छिन्, ‘मलाई तिमी कस्तो आफ्नै मान्छे जस्तो लाग्छ ।’

टिजरमा नायक विजय हाबी छ । मिरुनाको एक मात्रै संवाद छ । टिजरमा नायिका केकी अधिकारीलाई थोरै स्थान दिइएको छ । उनको कुनै पनि संवाद छैन । केकी र विजयको भेट हुन्छ तर उनीहरुको सम्बन्ध टिजरले खुलाएको छैन ।

टिजरमा विजय, केकी, मिरुनासहित भोलाराज सापकोटा, सुशांक मैनाली, विशाल पहारी र रेयर राई लगायतलाई स्थान दिइएको छ ।

टिजरले फिल्म सामाजिक कथामा बनेको प्रष्ट पारेको छ। यसको लेखक भानुभक्त ढकाल हुन् । निर्देशक हिमाल न्यौपाने हुन् । पेपरक्लिप ब्यानरमा बनेको यस फिल्मको निर्माताहरु कमल न्यौपाने र विमद न्यौपाने हुन् ।

टिजर :

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ११ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता