माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो « Khabarhub

माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बिताएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले माफियाहरूको दबाब र प्रभावमा एमाले र कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै सरकारको १ वर्ष प्रश्नै प्रश्न र शंकै शंकाको घेरामा बिताएको बताएका हुन्। 

पछिल्लो १ वर्षमा सरकारले गरेका हरेक निर्णयहरू विवादको घेरामा रहेको उनले बताए । उनले हालैको बाढी/पहिरोलगायतको विपत्तिमा समेत सरकार उदासीन देखिएकाले बेपत्ताको खोजी र राहतका ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै दाहालले रास्वपा र राप्रपाले लामो समयदेखि सदनमा विरोध जनाइरहेको अवस्थामा उनीहरूलाई समेत विश्वासमा लिएर सदन सञ्चालन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए । 

उनले सरकारकै कारण महत्त्वपूर्ण विधेयकहरू अड्काइएको आरोप लगाए । दाहालले घुस डिल सम्बन्धी अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्रीको राजीनामा आइसकेको अवस्थामा नाम मुछिएका अर्का मन्त्रीमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ५६ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने

अमेरिका-इरान सम्झौता भाँड्ने प्रयासमा इजरायली प्रधानमन्त्री नेतन्याहू

जेरूसेलम- इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण