माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो « Khabarhub

माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बिताएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले माफियाहरूको दबाब र प्रभावमा एमाले र कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै सरकारको १ वर्ष प्रश्नै प्रश्न र शंकै शंकाको घेरामा बिताएको बताएका हुन्। 

पछिल्लो १ वर्षमा सरकारले गरेका हरेक निर्णयहरू विवादको घेरामा रहेको उनले बताए । उनले हालैको बाढी/पहिरोलगायतको विपत्तिमा समेत सरकार उदासीन देखिएकाले बेपत्ताको खोजी र राहतका ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै दाहालले रास्वपा र राप्रपाले लामो समयदेखि सदनमा विरोध जनाइरहेको अवस्थामा उनीहरूलाई समेत विश्वासमा लिएर सदन सञ्चालन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए । 

उनले सरकारकै कारण महत्त्वपूर्ण विधेयकहरू अड्काइएको आरोप लगाए । दाहालले घुस डिल सम्बन्धी अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्रीको राजीनामा आइसकेको अवस्थामा नाम मुछिएका अर्का मन्त्रीमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली