रास्वपाको हस्ताक्षर अभियानबाट अदालतको अवहेलना आकर्षित हुन्छ : राजेन्द्र बजगाईं   « Khabarhub

रास्वपाको हस्ताक्षर अभियानबाट अदालतको अवहेलना आकर्षित हुन्छ : राजेन्द्र बजगाईं  


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभामा नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले संसद्मा रचनात्मक बहसभन्दा पनि आरोप–प्रत्यारोपको प्रवृत्ति बढ्दै गएको बताए । 

‘प्रतिनिधिसभा संविधानले सुनिश्चित गरेको हाम्रो सर्वोच्च लोकतान्त्रिक संस्था, जहाँ नीतिगत बहस र समाधानमुखी संवाद हुनुपर्ने हो, पछिल्लो समय आलोचनाको स्तर गिरावट हुँदै गएको छ,’ सांसद बजगाईंले भने, ‘रचनात्मक छलफल वा स्वस्थ हाँसो र व्यंग्यको सट्टा व्यक्तिगत आक्षेप, विभाजनकारी भाषा र आरोप–प्रत्यारोपको प्रवृत्ति बढ्दो छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदभन्दा बढी आफू एक्लैले लोककल्याकारी काम गरेको दाबीसमेत गरे ।

 ‘इंगित गरेरै भन्छु हे नयाँ मित्र हो, म पुरानो पार्टीको तपाईं २० जना साथीहरूको तुलनामा एक्लै ठूलो लोककल्याणमा तल्लिन नयाँ प्रतिनिधि हुँ,’ बजगाईंले भने, ‘तपाईं र ममा एकैमात्र मिल्ने विषय छ हामी नयाँ हौँ । तर तपाईंहरूले हामीलाई देशलाई अस्थिरता र निराशातर्फ धकेल्नुभयो भनिरहनु भएको छ ।’ 

सांसद बजगाईंले रास्वपाका सांसदहरूलाई देशमा पाण्डव र कौरव भए पनि नेपाल हस्तिनापुर भने नभएको बताए ।

 ‘हे नयाँ मित्र हो यो राष्ट्रमा पाण्डव र कौरवहरू छन् तर यो हस्तिनापुर भने हैन,’ उनले भने, ‘तपाईंका भगवान वा धृतराष्ट्र हुन् वा जैविक पिताहरू वा परमाधिपति को मान्नु हुन्नुहुन्छ ?’

बजगाईंले सहकारी गठी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रास्वपाका सापति रवि लामिछानेको नाममा हस्ताक्षर संकलन अभियान सञ्चालनले अदालतको अवहेलना आकर्षित हुने स्मरण गराए । 

‘सहकारी ठगीको आरोपमा अदालतको आदेशमा पुर्पक्षमा थुनामा हुनुहुन्छ । मुक्त नभइसक्दा पोखराको जुलुसदेखि यो हस्ताक्षर अभियानसम्म सबै गैरकानूनी हो,’ उनले रास्वपाका सांसदलाई स्मरण गराए, ‘यहाँ अवहेलना आकर्षित हुन्छ ।’

सांसद बजगाईंले रास्वपाले कारागारमा रहेका व्यक्तिलाई नै सभापति यथावत राखेको प्रसंगमा सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता बेवास्ता गर्न नहुने पनि बताए । 

‘यदि कुनै पार्टी अध्यक्ष राजनीतिक कारणले जेलमा छन् वा निर्वासित छन् भने मात्र कार्यवाहक जिम्मेवारी सुम्पिनु उचित हुन्छ । तर, रास्वपाका अध्यक्ष आपराधिक मुद्दामा जेलमा छन्,’ उनले भने, ‘त्यसपछि पनि उहाँकै अध्यक्षता कायमै छ । सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद हो ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ४ : ५० बजे

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली