मदन भण्डारीको ७५औं जन्मजयन्ती तीन वर्षसम्म मनाइने « Khabarhub

मदन भण्डारीको ७५औं जन्मजयन्ती तीन वर्षसम्म मनाइने


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जननेता मदन भण्डारीको ७५औं जन्मजयन्ती वर्षलाई विविध रचनात्मक कार्यक्रमसहित मनाइने भएको छ।

मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले मंगलबार वक्तव्य जारी गर्दै जननेताको योगदानको स्मरण र सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ को प्रचार-प्रसारमार्फत् समाज रूपान्तरणको अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित जन्मजयन्ती मनाउने निर्णय गरिएको जानकारी दिइन्।

‘मदन भण्डारीले युवावयमै ज्यान गुमाए पनि उहाँद्वारा प्रतिपादित जबज आज पनि जीवित छ र नेपाली समाज रूपान्तरणको मार्गदर्शन गरिरहेको छ’, उनले भनिन्।

जन्मजयन्ती अवसरमा विचार गोष्ठी, कविता, वादविवाद, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनी लगायतका कार्यक्रमहरू २०८२ र २०८३ सालभर सञ्चालन गरिनेछ । २०८४ साललाई ‘समापन वर्ष’का रूपमा मनाइनेछ।

जन्मजयन्ती मूल व्यवस्थापन समितिको संयोजकत्व पूर्वमुख्यमन्त्री डोरमणी पौडेललाई दिइएको छ। अध्यक्ष भण्डारीले पार्टी संगठन सुदृढीकरण, जबजको प्रचार, तथा नयाँ पुस्तालाई प्रेरित गर्न कार्यक्रमहरू प्रभावकारी हुने बताइन् ।

‘जबजले अघि सारेका राजनीतिक, आर्थिक र सामाजिक नीतिहरूको कार्यान्वयनमार्फत न्याय र समानतामा आधारित समाजवाद स्थापनाको सपना साकार पार्नु छ’, उनले भनिन् ।

जननेता भण्डारीको योगदानलाई उजागर गर्न र उनको विचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यो कार्यक्रमलाई ऐतिहासिक अवसरको रूपमा लिइएको उषाकिरणले बताइन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ३२ बजे

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय