भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ | Khabarhub Khabarhub

अख्तियारको स्टिङ अपरेशन

भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ । त्यसपछि अख्तियारको टोली स्टिङ अप्रेसनका लागि भक्तपुर मालपोत पुगेको थियो ।

आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि उक्त घुस रकम लिएको खुलेको छ । उनीहरूलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत परिसरबाटै घुस लिएको रकमसहित समातेको हो ।

उक्त घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको हो । कार्यालय प्रमुख आचार्य पक्राउ परेको पुष्टि अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले खबरहबलाई गरेका छन् ।

‘कार्यालय प्रमुख आचार्य र सहयोगी पक्राउ परेका छन् । यसमा घुस लिनेहरू अन्य पनि थपिन सक्छन्’, उनले भने, ‘अख्तियारको टोलीले मुचुल्का उठाइरहेको छ । अन्य थप विवरण पक्राउ परेकाहरूलाई कार्यालयमा ल्याएसँगै थाहा हुनेछ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ४७ बजे

चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको