वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधन, भारतीय मनोरञ्जन उद्योगमा शोकको छायाँ | Khabarhub Khabarhub

वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधन, भारतीय मनोरञ्जन उद्योगमा शोकको छायाँ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला दिनहरूमा भारतीय फिल्म तथा टेलिभिजन उद्योगले एकपछि अर्को गर्दै विशिष्ट कलाकारहरू गुमाउनु परेका छन् । 

शेफाली जरिवाला, कोटा श्रीनिवास राव र बी. सरोजा देवीको निधनपश्चात् अब उद्योगले अर्का एक वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधनसँगै गहिरो शोक व्यक्त गरिरहेको छ । 

भारतीय मिडिया पिङ्कभिल्ला अनुसार ७९ वर्षका कुमार केही समयदेखि निमोनियाबाट पीडित थिए र मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए । अस्पतालमा गहन उपचारका बाबजुद उनी आज मंगलबार बिहान निधन भएको अस्पताल स्रोतहरूले पुष्टि गरेका छन्।  

धीरज कुमारको करियरको सुरुआत सन् १९६५ मा भएको थियो, जब उनले राजेश खन्ना र सुभाष घाइसँगै एउटा प्रतिष्ठित प्रतिभा खोज प्रतियोगितामा भाग लिएका थिए  । 

यद्यपि राजेश खन्ना विजेता बने, कुमार उत्कृष्ट प्रतिस्पर्धीहरूमध्ये एक रहँदै अभिनय यात्रा थाले। उनले १९७० र ८० को दशकमा रोटी कपडा और मकान, स्वामी, बेजुबान जस्ता चर्चित हिन्दी चलचित्रहरूमा अभिनय गरे ।

त्यस्तै, १९७० देखि १९८४ सम्म उनले २० भन्दा बढी पञ्जाबी चलचित्रहरूमा समेत अभिनय गरे ।

अभिनयको सफल यात्रा पछाडि कुमारले टेलिभिजन उद्योगतर्फ पाइला टेके र निर्माता रूपमा नयाँ अध्याय सुरु गरे। उनले ‘क्रिएटिभ आइ’ नामक प्रोडक्सन हाउस स्थापना गरे र मिली, कहाँ गए वो लोग, मायका, तथा लोकप्रिय कोर्टरुम ड्रामा अदालत  जस्ता कार्यक्रमहरू निर्माण गरे । 

सन् २००० को दशकको सुरुवाततिर उनले उत्पादन गरेका शोहरूले भारतीय टेलिभिजन सामग्रीमा नयाँ उचाइ थपे।

धीरज कुमारको निधनले भारतीय मनोरञ्जन उद्योगले एक बहुआयामिक प्रतिभा गुमाएको महसुस गरिरहेको छ। 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ५१ बजे

अफगान सिमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० जनाभन्दा बढी मारिए

इस्लामाबाद– पाकिस्तानले अफगानिस्तानसँगको सिमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा

फूलखेतीबाट चार करोड आम्दानी

 गण्डकी– पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवराज आचार्यले विगत सात वर्षदेखि

स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायलाई राष्ट्रपतिको निर्देशन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

प्रहरीको घेरामा राजावादी समुह (तस्बिरहरू) 

काठमाडौं– सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, तथा राजावादी

ट्रम्प र जेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

एजेन्सी – अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की