धैर्यता नै मानिसको प्रतिभा हो – आइज्याक न्यूटन « Khabarhub

धैर्यता नै मानिसको प्रतिभा हो – आइज्याक न्यूटन


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अहिलेको युग सूचना र प्रविधिको मात्र होइन विज्ञानको पनि हो ।

यो विज्ञानको दुनियाँमा बैज्ञानिक आइज्याक न्यूटन यस्तो नाम हो जसले गुरुत्वाकर्षणको नियम र चालको नियम प्रतिपादन गरेका थिए ।

तिनै बैज्ञानिक तथा दार्शनिक न्यूटनको केही महान भनाइहरु हामीले यहाँ उल्लेख गरेका छौं । एकपटक हेर्नुहोस र मनन गर्नुहोस् ।

– म पनि अरु जस्तै हुँ मात्र मेरो सफलताको राज भनेको निरन्तरको प्रयास हो ।

– कुनैपनि क्रियाको बराबर तर, पुरै विपरित प्रतिक्रिया हुन्छ

– हुन त म पनि अरुजस्तै साधारण नै छु म मा फरक यति हो मेरो प्रयोगले मलाई असाधारण बनाएको छ ।

– एउटा कुरा याद गर्नुहोस् की जो माथि जान्छ त्यो तल आउनु स्वभाविक मानिन्छ ।

– मानिसहरुले पर्खाल त बनाएका छन् तर विडम्बना पुल पर्याप्त बनाएका छैनन ।

– एउटा कुरा याद गर्नुहोस् उत्थान पछि विनाश पनि सम्भव छ ।

– कुनैपनि कलामा त्रुटी हुँदै हुँदैन त्रुटी त कलाकारमा हुन्छ ।

– मैले कसैको सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव भएको हो ।

– म मा यस्तो शक्ति छ जुन शक्तिले आकाशिय पिण्डहरुको गणना गर्न सक्छ तर कुनैपनि मानिसको पागलपनको गणना गर्न सक्दैन ।

– कुनै पनि खोज गर्नुअघि साहसिक निर्णय लिनुहोस् ।

– याद गर्नुहोस् कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

– कुनैपनि मानिसको धैर्य नै प्रतिभा हो ।

– प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

– प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।

– कुनैपनि व्यक्तिले दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्न सक्यो भने त्यो कला नै चातुर्यता हो ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : ४९ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र