इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु « Khabarhub

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले जनाएको छ ।

इजरायली सेनाले हिज्बोल्लाहका लक्ष्यहरूमा प्रहार गरेको पुष्टि गरेको छ । इजरायली सेनाले एक विज्ञप्तिमा ‘हिज्बोल्लाहको रेडवान बल’ विरुद्ध ‘हवाई हमला’ गरिएको उल्लेख गरेको छ ।

ती हमलाले ‘आतंकवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रहरूलाई निशाना बनाएको इजरायलको दाबी छ ।

लेबनानी सञ्चार माध्यमका अनुसार, उत्तरी बेका उपत्यकाको वादी फराह क्षेत्रमा गरिएको हवाई हमलाले सीरियाली विस्थापित बसोबास गरेको एक शिविरमा आक्रमण गरेको थियो, जसमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना सीरियाली रहेका छन् भने आठ जना घाइते भएका छन् ।

इजरायल र इरान समर्थित हिज्बोल्लाहबीच नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमणहरू जारी छन् । सो युद्धविराम अनुसार हिज्बोल्लाहले आफ्ना लडाकु लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक स्थानबाहेक अन्य स्थानबाट फिर्ता गर्नुपर्ने थियो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ५९ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ