पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : ट्रम्प « Khabarhub

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : ट्रम्प

चर्चामा बीबीसीले लिएको ट्रम्पको अन्तरवार्ता


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन भित्रमा वार्तामा नआए कडा कर नीति लिने घोषणापछि चर्चामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका त्यस पछिका अभिव्यक्ति त्यत्तिकै चर्चामा छन्।

मङ्गलबार बिबिसीसँगको अन्तरवार्तामा रुसी राष्ट्रपतिलाई विगतमा विश्वास गरेको विषयमा ट्रम्पले भने, ‘म कसैलाई पनि विश्वास गर्दिन। तपाईँलाई पनि।’ उनले पुटिनले विगतमा धेरै अमेरिकी राष्ट्रपतिलाई मूर्ख बनाएको भए पनि अहिले आफूलाई मूर्ख बनाउन नसक्ने बताए।

ट्रम्पको अहिलेको अभिव्यक्ति विगतको भनाइसँग धेरै कुरामा बाँझिएको भन्दै सञ्चार माध्यममा आलोचना भएको छ। ५ महिना अघि उनले पुटिनमाथि विश्वास भएको भन्दै पुटिनले युक्रेनमा शान्ति चाहने अभिव्यक्ति दिएका थिए।

अप्रिल महिनामा टाइम म्यागेजिनमा दिइएको अन्तरवार्तामा ट्रम्पले पुटिन शान्ति स्थापनामा सरिक हुने कुरा बताएका थिए।

एक वर्ष अघि अमेरिकी राष्ट्रपति पदको उम्मेदवारको रूपमा चुनावी अभियानमा रहेका ट्रम्पमाथि आक्रमण भएको थियो। त्यसैको संस्मरण गर्दै ट्रम्पसँग २० मिनेट लामो अन्तरवार्ता गरेको बिबिसीले जनाएको छ। सो अन्तरवार्तामा ट्रम्पले आफूले सधैँ शान्ति चाहेको तथा युक्रेनमा मानिसरू मरेको हेर्न नचाहेको कुरामा जोड दिएका छन्।

सन् २०२२ को फेब्रुअरीमा छिमेकी युक्रेनमा आक्रमण सुरु गरेको रुसले पछिल्ला साता केही डरलाग्दा मिसाइल आक्रमण गरेको छ। यसले अहिले युक्रेनमा धेरै मानिसको ज्यान जान थालेपछि ट्रम्पले हतियार सहयोगको वचन दिएका थिए।

विगतमा नाटोको आलोचना गरेका ट्रम्प अहिले युक्रेनलाई सहयोग गर्ने विषयमा नाटो नेतृत्वसँग फेरि नजिकिएका छन्। नाटोले सुरक्षा खर्चमा पाँच प्रतिशत वृद्धि गर्ने निर्णय गरेकोमा समेत ट्रम्पले यसको प्रशंसा गरेका छन्। उनले यस निर्णयका कारण साना देशलाई लाभ पुगेको बताएका छन्।

ट्रम्पले अन्तरवार्ताको क्रममा जर्मनी, फ्रान्स र स्पेनका नेताले आफूलाई सम्मान गर्ने बताए। उनले दुई पटक राष्ट्रपति निर्वाचित हुनुको मतलब आफू प्रतिभाशाली भएको सबैले बुझेको उनको भनाइ छ।

उनले आफू आप्रवासी नियन्त्रणमा कठोर भएको बताउँदै मेक्सिको र अमेरिकाको सीमामा गरिएको सुरक्षा कडाइलाई आफ्नो कार्यकालको महत्त्वपूर्ण काम भएको बताएका छन्।

उनले एक वर्ष अगाडि मृत अमेरिकालाई अहिले महान् बनाउने काम भइरहेको दाबी गरेका छन्। भन्छन्, ‘अमेरिका फेरि महान् बनाउँदै छु। एक वर्ष अघि यो मृत थियो।’

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : २३ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज