‘जीवन बाँच्न संस्कृत भाषाले सिकाउँछ’ « Khabarhub

‘जीवन बाँच्न संस्कृत भाषाले सिकाउँछ’


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट दीक्षित भएका छन् ।

गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गरे ।

प्रतिष्ठानले संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान प्रदान गरिरहेको छ ।

सो अवसरमा प्रशिक्षक प्रा डा लक्ष्मणप्रसाद गौतमले पश्चिममा इतिहास, ज्ञान आदिको अन्त्य भनिए पनि हामीकहाँ नेती नेती अर्थात् कहिल्यै अन्त्य नभएको बताए ।

प्रशिक्षक डा नारायणप्रसाद गड्तौलाले यस भूमिमा देवताहरु पनि जन्मन लालायित हुने बताउँदै पूर्वीय दर्शनको अनुसन्धानमा लाग्न आग्रह गरे । कार्यक्रम संयोजक डा विवेक घिमिरेले जिउनु र बाँच्नुमा फरकपन भेटिएको बताउँदै जीवन बाँच्न संस्कृत भाषा र वाङ्मयले सिकाउने विचार राखे ।

हरेक शनिबार दिइने सो प्रशिक्षणमा चिकित्सक, प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदिको सहभागिता छ ।

हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुनर्जागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक डा घिमिरेले बताए । अठार –२० दिनको सो कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : ३१ बजे

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ