स्वास्थ्य बीमा कार्यक्रम डोटीमा फितलो, जनसंख्याको मात्र ११.६८ प्रतिशत सहभागी  « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रम डोटीमा फितलो, जनसंख्याको मात्र ११.६८ प्रतिशत सहभागी 


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनगढी– सामाजिक सुरक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम डोटी जिल्लामा अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । 

२०७८ को जनगणनाअनुसार, जिल्लाको दुई लाख चार हजार आठ सय ३१ जनसंख्यामध्ये केवल ११ दशमलव ६८ प्रतिशत, अर्थात् २३ हजार नौ सय १५ जना मात्र स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।

स्वास्थ्य कार्यालय डोटीले पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार, जिल्लामा ९ हजार २ सय ५५ घरपरिवारले स्वास्थ्य बिमा गरेका छन् । सुदूरपश्चिम प्रदेशमा औसत बिमा सहभागिता २२ प्रतिशत रहेको पाइएको छ, तर डोटीमा यो झन्डै आधा मात्र छ ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २,३८१ जनाले नयाँ स्वास्थ्य बिमा गरेका थिए भने २०७८८२ मा त्यो संख्या घटेर १,५०३ मा झरेको छ ।

डोटी जिल्लामा ११ दशमलव ६८ प्रतिशत जनसंख्या मात्रै स्वास्थ्य बिमाको सहज पहुँच पुगेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसंख्या दुई लाख चार हजार आठ सय ३१ रहेकोमा २३ हजार नौ सय १५ जनाले मात्रै स्वास्थ्य बिमा गरेको पाइएको छ । स्वास्थ्य कार्यालय डोटीले आज पत्रकारसँगको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो । 

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा गर्नेको जनसङ्ख्या २२ प्रतिशत रहेको छ । जिल्लामा स्वास्थ्य बीमा गर्ने घरपरिवारको सङ्ख्या नौ हजार दुई सय ५५ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । 

उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ८१ जनाले नयाँ स्वास्थ्य बीमा गरेकोमा आव २०८१/८२ मा एक हजार पाँच सय तीन जना मात्र स्वास्थ्य बीमामा सहभागी भएका छन् । 

जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिपायल सिलगढी नगरपालिकामा र सबै भन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा रहेको छ । 

दिपायल सिलगढी नगरपालिकाका दुई हजार सात सय ८१ घरपरिवारका आठ हजार सात सय एकजना स्वास्थ्य बीमाको पहुँचमा पुगेको पाइएको छ भने बोगटान फुड्सिल गाउँपालिकाका ५९ घरपरिवारका दुई सय ३८ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् । 

त्यस्तै शिखर नगरपालिकाका एक हजार सात सय ३३ घरपरिवारका तीन हजार आठ सय २५ जना, बडिकेदार गाउँपालिकाका छ सय ६३ घरपरिवारका दुई हजार दुई सय ३८ जना, केआई सिंह गाउँपालिका नौ सय तीन घरपरिवारका दुई हजार ३९ जना र पूर्वी चौकी गाउँपालिकाका नौ सय ८७ घरपरिवारका एक हजार आठ सय आठ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

सायल गाउँपालिकाका छ सय ४८ घरपरिवारका एक हजार सात सय ९४ जना, जोरायल गाउँपालिकाका छ सय ५९ घरपरिवारका एक हजार छ सय ९८ जना र आदर्श गाउँपालिकाका आठ सय २२ घरपरिवारका एक हजार पाँच सय ७४ जनाले स्वास्थ्य बीमा गरेका छन् । 

नेपाल सरकारले सबै नागरिकको स्वास्थ्यमा सहजपहुँच पुर्‍याउने उद्देश्यले सामाजिक सुरक्षाअन्तर्गत २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । नागरिकको स्वास्थ्य उपचारमा लाग्ने खर्च न्यूनीकरण गर्न सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा स्वास्थ्य बीमा २०७६ सालदेखि लागू भएकोमा २०७७ सालदेखि कार्यान्वयनमा आएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि न्यून जससंख्या मात्रै स्वास्थ्य बीमामा जोडिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ३ : ३५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर