देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे « Khabarhub

देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा आशा सञ्चार गर्ने वातावरण नाश भएर गएकाले प्रतिभावान्हरू पलायन हुने होकी भन्ने खतरा रहेको बताएका छन् । 

मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको विभिन्न पुरस्कार वितरण कार्यक्रममा मन्त्री पाण्डेले देश र समाजका लागि योगदान दिनेहरूले तथ्य र सत्यका आधारमा देशमा आशा सञ्चार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए ।

उनले नेपालमा भएका धेरै सम्पदाहरूलाई विश्वभर चिनाउन सके धेरै भन्दा धेरै पर्यटकहरू भित्राउन सकिने धारणा राखे । त्यस्तै मन्त्री पाण्डेले विनाशकारी भूकम्पबाट क्षति भएका ऐतिहासिक स्थलहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

संस्कृति सबै समाजको प्राणत्व भएकाले सबैले आ–आफ्नो कला संस्कृतिको जगेर्नामा ध्यान दिन जरुरी रहेको उनले बताए ।  

कार्यक्रममा मन्त्रालयले एकलाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्राडा रामप्रसाद ज्ञवाली, दुई लाख राशीको इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार बेलायतका डा जोन ह्वेल्पटन, गोपालप्रसार रिमाल पुरस्कार भरत भण्डारी र किरण राई, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्राडा वीणा पौड्याल र सिद्धिचरण परस्कार प्राडा देवीप्रसाद नेपाललाई प्रदान गरेको थियो । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली