कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अभिभावक पक्राउ | Khabarhub Khabarhub

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अभिभावक पक्राउ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अभिभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

उनीहरूलाई राजधानी सियोलबाट करिब २७० किलोमिटर दक्षिणमा अन्डोङको एक उच्च विद्यालयमा प्रवेश गरेको आरोप लगाइएको छ । जुलाई ४ मा  परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयासपछि उनीहरूको गिरफ्तारी गरिएको प्रशासनले जनाएको छ ।  

शिक्षिका र आमाले अपराध स्वीकार गरेको अन्डोङ प्रहरी स्टेसनका एकजना जासुसले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् । गत वर्षको फेब्रअरीसम्म कार्यरत रहेको उक्त विद्यालयमा काम गर्दा ती शिक्षिका विद्यार्थीको कक्षा शिक्षिका रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले उनीहरूले विगतमा यस्तै चोरी गरेको हुन सक्ने आशंका गरेको छ, जसले विद्यार्थीलाई शैक्षिक रूपमा मद्दत गरी शिक्षिका र अविभावकबीच पैसाको लेनदेन भएको थियो ।

उनीहरूले आरोपितले पढाउँदै गरेको विषय मात्र नभई धेरै विषयहरूमा परीक्षाका कागजात तथा प्रश्न चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अनुसन्धानकर्ताले एक विद्यालय मर्मत सम्भार कामदारलाई पनि उनीहरूलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् । 

योन्हाप समाचार एजेन्सीका अनुसार सन् २०२३ मा भर्ना भएदेखि नै शीर्ष नम्बर (ग्रेड) कायम राखेको उक्त विद्यार्थीको ग्रेड रद्द गरी उसलाई निष्कासित गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ०० बजे

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।