समितिमा रामहरिको बयान- ‘कुलिङ पिरियड’मा झुक्याए, कर्मचारीको विश्वास गर्दा तोडमोड भएछ « Khabarhub

समितिमा रामहरिको बयान- ‘कुलिङ पिरियड’मा झुक्याए, कर्मचारीको विश्वास गर्दा तोडमोड भएछ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल संसद्मा रहेको संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियार सभापति रहेको समितिमा उपस्थित भएर खतिवडाले बुधबार बयान दिएका छन् ।

निजामती सेवा विधेयकको दफामा सांसदहरूलाई समेत झुक्याएर भएको हेरफेरको छानबिन गर्न बनेको समितिसँगको बयानमा खतिवडाले आफूलाई कर्मचारीले झुक्याएको बताएका छन्।

बयान दिने क्रममा खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रुपमा अवकाशमा गएका कर्मचारीलाई दुई वर्षसम्म अन्य नियुक्तिमा जान नदिन ‘कुलिङ पिरियड’ राखेको अवस्थामा कर्मचारीको विश्वास गर्दा त्यो प्रावधानमा तोडमोड भएको बताएका छन् ।

‘राज्यव्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा ‘कुलिङ पिरियड’ राख्ने निर्णय गरेको थियो’, उनले बयानका क्रममा भने, ‘त्यसलाई तोडमोड र खण्डित गर्ने गरि उपदफा थपिएला भन्ने लागेको थिएन । कर्मचारीको विश्वासमा पर्दा गडबडी भयो ।’

बयानका क्रममा समितिले खतिवडासँग संसदीय समितिका समिति सचिव सुरज दुरालाई संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले दबाब दिएको कुरा पनि सोधेको छ।

महासचिव पाण्डेयले कुलिङ पिरियड हटाउन दबाब दिन मुख्यसचिव एकनारायण अर्याल नेतृत्वको दबाब समूहसँग जाऊँ भनेकोबारे पनि खतिवडासँग समितिले सोधेको थियो । त्यसक्रममा उनले प्रधानमन्त्रीदेखि उच्च पदस्थहरूकहाँ कर्मचारीको लर्को लागेको सुनेको बताए ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले दफा ८२ मा २ सरकारी कर्मचारीको अवकाश वा राजीनामापछि हुने नियुक्तिमा जान २ वर्ष रोक्ने व्यवस्था राखेको थियो । तर, संघीय संसद्को तल्लो सदनबाट पारित भइसकेपछि उपदफा ५ ले त्यो व्यवस्थालाई काटेको पाइएको थियो ।

त्यसपछि बनेको विशेष समितिको सदस्यहरूमा नेपाली कांग्रेसबाट सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य, इश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : १६ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा