समितिमा रामहरिको बयान- ‘कुलिङ पिरियड’मा झुक्याए, कर्मचारीको विश्वास गर्दा तोडमोड भएछ « Khabarhub

समितिमा रामहरिको बयान- ‘कुलिङ पिरियड’मा झुक्याए, कर्मचारीको विश्वास गर्दा तोडमोड भएछ


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल संसद्मा रहेको संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ ।

नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियार सभापति रहेको समितिमा उपस्थित भएर खतिवडाले बुधबार बयान दिएका छन् ।

निजामती सेवा विधेयकको दफामा सांसदहरूलाई समेत झुक्याएर भएको हेरफेरको छानबिन गर्न बनेको समितिसँगको बयानमा खतिवडाले आफूलाई कर्मचारीले झुक्याएको बताएका छन्।

बयान दिने क्रममा खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रुपमा अवकाशमा गएका कर्मचारीलाई दुई वर्षसम्म अन्य नियुक्तिमा जान नदिन ‘कुलिङ पिरियड’ राखेको अवस्थामा कर्मचारीको विश्वास गर्दा त्यो प्रावधानमा तोडमोड भएको बताएका छन् ।

‘राज्यव्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा ‘कुलिङ पिरियड’ राख्ने निर्णय गरेको थियो’, उनले बयानका क्रममा भने, ‘त्यसलाई तोडमोड र खण्डित गर्ने गरि उपदफा थपिएला भन्ने लागेको थिएन । कर्मचारीको विश्वासमा पर्दा गडबडी भयो ।’

बयानका क्रममा समितिले खतिवडासँग संसदीय समितिका समिति सचिव सुरज दुरालाई संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले दबाब दिएको कुरा पनि सोधेको छ।

महासचिव पाण्डेयले कुलिङ पिरियड हटाउन दबाब दिन मुख्यसचिव एकनारायण अर्याल नेतृत्वको दबाब समूहसँग जाऊँ भनेकोबारे पनि खतिवडासँग समितिले सोधेको थियो । त्यसक्रममा उनले प्रधानमन्त्रीदेखि उच्च पदस्थहरूकहाँ कर्मचारीको लर्को लागेको सुनेको बताए ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले दफा ८२ मा २ सरकारी कर्मचारीको अवकाश वा राजीनामापछि हुने नियुक्तिमा जान २ वर्ष रोक्ने व्यवस्था राखेको थियो । तर, संघीय संसद्को तल्लो सदनबाट पारित भइसकेपछि उपदफा ५ ले त्यो व्यवस्थालाई काटेको पाइएको थियो ।

त्यसपछि बनेको विशेष समितिको सदस्यहरूमा नेपाली कांग्रेसबाट सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य, इश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : १६ बजे

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने