चिनियाँ रेडक्रसले रसुवाका बाढीपीडितलाई पठायो सहयोग | Khabarhub Khabarhub

चिनियाँ रेडक्रसले रसुवाका बाढीपीडितलाई पठायो सहयोग


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ रेडक्रस सोसाइटीले रसुवाका बाढी प्रभावितहरूका लागि एक लाख अमेरिकी डलर (एक करोड ३७ लाख ५१ हजार)बराबरको मानवीय सहयोग पठाएको छ ।

बुधबार चिनियाँ रेडक्रस सोसाइटीको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त सहयोग नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरे । उनले एक लाख डलरको चेक हस्तान्तरण नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै राजदूत सोङले विपद् प्रभावित नेपाली जनताप्रति चीनको सहानुभूति रहेको पनि उल्लेख गरेका छन् ।

रसुवागढीमा असार २४ गते बिहान सवा ३ बजे बिहान चीनतर्फबाट ठूलो बाढी आएको थियो । बाढीले नेपालतर्फ भोटेकोशी नदीबाट ठूलो क्षति भएको छ।

उक्त बाढीले रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। स्याफ्रुबेंशी–रसुवागढी सडकखण्डमा करिब ११ सय मिटर सडक कटान भएको छ । चीनतिर पनि पहिरो र बाढीले धेरै ठाउँ सडक बिग्रिएको छ ।

रूवा भन्सारको यार्डमा राखिएका ६४ वटा गाडीहरू बगेका थिए। यसमा २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ इलेक्ट्रिक सवारी साधन थिए ।

बाढीले रसुवागढी जलविद्युतको ड्याम, चिलिमे जलविद्युत्मा पनि क्षति पुगेको छ । उता माथिल्लो त्रिशूली ए सहित आधा दर्जन जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ । अहिले तीमध्ये कतिपय बन्द अवस्थामा छन् ।

बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी, भरिया, स्थानीयबासी र चिनियाँ नागरिक फसेका थिए। अहिलेसम्म ९ जनाको शव फेला परेको छ। कम्तिमा २० जना बेपत्ता छन् । बेपत्तामध्ये ३ प्रहरी कर्मचारी र ६ चिनियाँ नागरिकसमेत छन् ।

बाढीपछि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र सेनाको हेलिकोप्टरले ५५ जनाभन्दा बढी उद्धार गरेको थियो। त्यसक्रममा करिब २ सय जनालाई काठमाडौंसम्म एयरलिफ्ट गरिएको थियो । बाढीपछि अहिले चीन र नेपाल दुवैतर्फ पुननिर्माण अभियान चलिरहेको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : २० बजे

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेको सरकारी सुविधा रोक्ने तयारी

काठमाडौं- गृहमन्त्री रमेश लेखकले छाउगोठसम्बन्धी कुरीतिविरुद्ध नीतिगत रुपमै कदम चालिने

पर्यटनमन्त्री पाण्डेले कार्यकालको एक वर्षमा के के गरे ?

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक वर्षे

औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका

सिस्नेरीका ध्रुवबहादुर च्याउखेतीमा लगानी बढाउँदै

गण्डकी– युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको

च्यासलमा सुरू भयो एमाले सचिवालय बैठक, केही महत्त्वपूर्ण प्रस्ताव पेश गरिँदै

काठमाडौं– प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी