सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ | Khabarhub Khabarhub

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

दमासकस – इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको छ। सिरियाको ड्रुज प्रान्तमा लगातार चौथो दिन लडाइँ भएपछि इजरायलले आक्रमण गरेको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुजहरुको जीवन रक्षा गर्ने र सत्ताका ग्याङलाई त्यहाँबाट हटाउनका लागि आक्रमण गराएको बताएका छन्।

आइतबारदेखि ड्रुज र बेडुयनबीच भएको झडपमा तीन सय भन्दा बढीको ज्यान गएको छ। अमेरिकी विदेशीमन्त्री मार्क रुबियोले दक्षिणी क्षेत्रमा जारी हिंसाका कारण आफूलाई धेरै चिन्ता लागेको तथा यो केही घण्टाको बीचमा नै साम्य हुन सक्ने बताएका छन्।

बुधबार उनले सामाजिक सञ्जालमा लेख्दै अमेरिका र अरब पक्षले वर्तमान समस्या समाधान शान्तिपूर्ण रूपले गर्न लागेको पहलको प्रशंसा गरेका छन्।

युद्ध विरामको यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन। सिरियाको समाचार संस्थाका अनुसार सुयडाबाट त्यहाँको सेना हट्न थालेका छन्।

सिरियाली सरकार र सुयडाका धार्मिक नेताको बीचमा सहमति भएपछि त्यहाँ बाट सिरियाली सेना हटेको जनाइएको छ। गत डिसेम्बरमा सुन्नी समूहको नेतृत्वमा रहेको विद्रोहले आसाद सरकारलाई पदच्युत गरेपछि पहिलो पटक सिरियाली सरकारले सुयडामा आक्रमण गरेको हो। सोही आक्रमणपछि सिरियाले पनि सो आक्रमण गरेको हो।

राष्ट्रपतिले संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ड्रुज लगायत केही अल्पसङ्ख्यक सिया मुस्लिमहरू आफूहरू असुरक्षित महसुस गरी रहेका थिए। सुयडामा बारम्बार भएका झडप र आक्रमणका कारण उनीहरू असुरक्षित भएका हुन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ११ बजे

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु

काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौं – नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम