‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान « Khabarhub

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म ‘बजरंगी भाईजान’, सन् २०१५ मा रिलिज भएको थियो ।

‘बजरंगी भाईजान’ भावुक र प्रभावशाली फिल्म हो । जसमा सलमान खानले एक दयालु भारतीय युवाको भूमिका निभाएका थिए । फिल्ममा उनले एक बोल्न नसक्ने पाकिस्तानी बालिकालाई भारतबाट पाकिस्तानसम्म सुरक्षित पुर्‍याउने भावनात्मक यात्राको कथा बुनिएको छ ।

फिल्मले मानवबीचको प्रेम, करुणा, र मानवताको सन्देश दिएको थियो, जसले दर्शकहरूलाई गहिरो रूपमा छोएको थियो ।

कबीर खानको निर्देशनमा बनेको यो कथा न केवल दर्शकहरूका लागि, तर समीक्षकहरूका लागि पनि एक विशिष्ट अनुभव साबित भयो । अहिले दर्शकहरू ‘बजरंगी भाईजान– २’ को प्रतीक्षामा छन् ।

फिल्मका निर्देशक कबीर खानले एक अन्तर्वार्तामा खुलासा गरेका छन् कि उनी सलमान खानसँग पुनः सहकार्यको तयारीमा छन् र ‘बजरंगी भाईजान–२’ को सम्भावना बलियो बन्दै गएको छ ।

भारतीय मिडिया पिङ्कभिल्लासँगको अन्तर्वार्तामा कबीरले भने, ‘हामीले ‘बजरंगी भाईजान– २’ को बारेमा निश्चित रूपमा कुरा गरेका छौँ । आजकल फ्रेन्चाइजहरू निकै राम्रो गरिरहेका छन्, तर हामी दुई दशकजस्तो सबैभन्दा लोकप्रिय फिल्म ‘बजरंगी भाईजान’ को सिक्वेल बनाउँदा धेरै सावधानी अपनाउँदैछौँ । हामी केवल नामको लागि सिक्वेल बनाउने पक्षमा छैनौँ ।’

उनका अनुसार, यो फिल्म उनका लागि निकै व्यक्तिगत रुपमा अर्थपूर्ण छ ।

‘म ‘बजरंगी भाईजान– २’ निर्देशन गर्न पक्कै चाहन्छु, तर त्यो सही कारणका लागि होस्, गलत कारणका लागि होइन । म केवल बक्स अफिसको कमाइको लागि होइन, तर त्यो फिल्मको विरासतलाई न्याय दिन चाहन्छु,’ कबीरले स्पष्ट पारे ।

हालै कबीर खानको निर्देशनमा बनेको फिल्म ‘चन्दु च्याम्पियन’, जसमा कार्तिक आर्यन मुख्य भूमिकामा छन्, यसले बक्स अफिसमा मध्यम प्रतिक्रिया पाएको छ ।
अब दर्शकहरूको नजर केवल एकै कुरामा केन्द्रित छ, ‘बजरंगी भाईजान– २’ कहिले घोषणा हुनेछ ?

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ५४ बजे

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको