अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि | Khabarhub Khabarhub

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि भएको छ । अर्थ मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अर्धवार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व सङ्कलन भएको बताए । ‘तयारी सुरु गरिसकेका छौँ, चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ’, उनले भने ।

सरकारले चालु आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

पछिल्लो दशकमा राजस्व संकलनको अवस्था
आर्थिक वर्ष २०७१–०७२ मा ४ खर्ब ५ अर्ब, २०७२–०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३–०७४ मा ६ खर्ब ९ अर्ब, २०७४–०७५ मा ७ खर्ब २६ अर्ब, २०७५–०७६ मा ८ खर्ब २९ अर्ब राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी २०७६–०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७–०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८–०७९ मा १० खर्ब ६६ अर्ब, २०७९–०८० मा ९ खर्ब ५७ अर्ब र २०८०–०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ९ : ५४ बजे

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा

सुशीला कार्कीविरुद्ध खनिँदै सूर्य थापाले लेखे – वडासदस्य जित्ने हैसियत छैन

काठमाडौँ – जेन-जी आन्दोलनपछि सत्ताच्यूत भएको नेकपा (एमाले) का सांसद

इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक

न्युयोर्क– सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित

आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा