डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु « Khabarhub

डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना सुरु भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

मेला सुरु भएसंगै केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा दर्थनार्थीको घुइँचो लागेको छ ।  दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । 

मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्था गरेको छ ।

ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको सहज बन्दोबस्त मिलाइएको छ । शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले पूजा गर्न एक घण्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै श्रावणी मेलाको अवसरमा डोलेश्वर महादेव मन्दिरमा कलश यात्रा समेत गरेको थियो ।

कलश यात्रा पछि आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य उपचारका लागि प्रदेशभित्र आवश्यक पूर्वाधार उपलब्ध गराउन ध्यान केन्द्रित गरेको बताए । 

डोलेश्वर महादेव मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ४१ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई