प्रधानमन्त्रीप्रति उपेन्द्रको आक्रोश: ‘बा’को संरक्षणमा सगोत्री जोगिन्छ, मधेशीहरू लखेटिन्छन् « Khabarhub

प्रधानमन्त्रीप्रति उपेन्द्रको आक्रोश: ‘बा’को संरक्षणमा सगोत्री जोगिन्छ, मधेशीहरू लखेटिन्छन्


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीबारे कडा आक्रोश व्यक्त गरेका छन्।

बुधबार संसदीय दलको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिएपछि यादवले बिहीबार सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण टिप्पणी गरेका हुन्।

यादवले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारीको राजीनामाको माग उठ्दै गर्दा ‘बा’ (प्रधानमन्त्री ओली) ले संरक्षण गरेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरलाई जो गर्न पनि छुट छ।’

त्यसैगरी, यादवले मंगलबार मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिन बाध्य पारिएका मधेशी मूलका राजकुमार गुप्ताबारे पनि बोलेका छन् ।

‘गुप्ताजीकै केस र अडियो काण्डमा बलराम अधिकारी पनि मुछिएका हुन्, तर उनी सगोत्री भएकाले मौनता छ र संरक्षण छ’, यादवले भनेका छन् ।

अध्यक्ष यादवले मन्त्री अधिकारीको स्थानमा मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति विवादमा मुछिएको मन्त्री भएको भए ‘बा’ ले तुरुन्त राजीनामा मागिसक्ने दाबी गरेका छन्।

ओली नेतृत्वमा पक्षपात, वर्गीय संरक्षण र समुदायगत विभेद गहिरिँदै गएको पनि उनले दाबी गरेका छन् ।

अडियो काण्डलगायत प्रमाण मिडियामा सार्वजनिक भइसकेको अवस्थामा पनि मन्त्री अधिकारीको राजीनामाको चर्चा नहुनु ओलीको ‘सगोत्रीय संरक्षणवाद’ को प्रमाण भएको आरोप उनले लगाएका छन् ।

यादवको यो टिप्पणी सत्तासँगको दूरीसँगै गम्भीर राजनीतिक असन्तोषको संकेतका रूपमा आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ३८ बजे

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्

ड्रोनबाट यस्तो देखियो बालाजु स्थित सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– बालाजुस्थित सुकुम्वासी बस्ती खाली गरिँदै छ ।  सरकारले भोलि