भारत-अमेरिका व्यापार वार्ता निर्णायक मोडमा : ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने ट्रम्पको संकेत « Khabarhub

भारत-अमेरिका व्यापार वार्ता निर्णायक मोडमा : ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने ट्रम्पको संकेत


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता नजिकिएको दाबी गरेका छन्।

उनले भारतसँग पनि इन्डोनेसियाजस्तै ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने बताएका छन्।

ट्रम्पको यो अभिव्यक्ति अमेरिकी प्रशासनले आगामी १ अगस्टदेखि अधिकांश आयातित वस्तुमा नयाँ शुल्क लगाउने निर्णयको सन्दर्भमा आएको हो।

मंगलबार एक कार्यक्रममा ट्रम्पले भने, ‘हामीले इन्डोनेसियासँग १९ प्रतिशत ट्यारिफमा सम्झौता गर्यौं। भारतसँग पनि सम्भवतः यस्तै सम्झौता हुन सक्नेछ। जब म चिठी पठाउँछु, त्यो सम्झौता हुन्छ।’

ट्रम्पले २ अप्रिलमा भारतमाथि २६ प्रतिशत ट्यारिफ लगाएका थिए । तर त्यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो। अब त्यो समयसीमा सकिनै लाग्दा भारतलाई सम्झौता गर्न दबाब बढ्दो छ।

भारत १० प्रतिशतभन्दा कम चाहन्छ

ब्लूमबर्गको रिपोर्टअनुसार, अमेरिका र भारतबीच हाल वासिङ्गटन डीसीमा जारी वार्तामा भारतीय प्रतिनिधिमण्डलले ट्यारिफ १० प्रतिशतभन्दा तल झार्न माग गरेको छ।

भारतले औद्योगिक सामानमा सहुलियत दिने संकेत दिए पनि कृषि र डेरी क्षेत्र विदेशी कम्पनीका लागि नखोल्ने अडान लिएको छ।

भारतले अमेरिकासमक्ष कृषि उत्पादनका लागि बजार विस्तार, बोइङ कम्पनीसँग थप विमान खरिद र अमेरिकी औद्योगिक वस्तुमा कर हटाउने प्रस्ताव पनि राखेको छ।

सम्झौता नभए थप १६ प्रतिशत कर लाग्न सक्ने

यदि १ अगस्टसम्म सम्झौता नभएमा अमेरिका भारतीय वस्तुमा हालको १० प्रतिशतभन्दा थप १६ प्रतिशत कर लगाउने तयारीमा छ। यस्तो भएमा भारतीय निर्यातकर्ताका लागि अमेरिकी बजारमा प्रतिस्पर्ध गर्न गाह्रो हुनेछ।

तर, भारतले भने समयको दबाबमा सम्झौता नगर्ने स्पष्ट संकेत दिएको छ। वाणिज्य मन्त्री पियूष गोयलले पहिले नै भनिसकेका छन्, ‘भारत तब सम्झौता गर्नेछ जब त्यो राष्ट्रहितमा हुनेछ, राम्रोसँग परीक्षण गरिएको हुनेछ । हामी त्यसका लागि पूर्ण रूपमा तयार हुनेछौं।’

ट्रम्पको ट्यारिफ रणनीति र भारतको अवस्था

१७ जुलाई २०२५ सम्म ट्रम्प प्रशासनले करिब २४ देश र युरोपेली युनियनमाथि २० देखि ५० प्रतिशतसम्म ट्यारिफ लगाइसकेको छ।

यस्ता देशमा जापान, दक्षिण कोरिया, ब्राजिल, मेक्सिको, इराक, लिबिया जस्ता देश परेका छन्।

भारतलाई हालसम्म औपचारिक ट्यारिफ नोटिस नपरेको भए पनि खतरा कायमै छ। यो अवस्थामा भारत र अमेरिकाबीचको वार्ता दुवैको व्यापारिक हितका लागि निर्णायक बन्न सक्छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ५५ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड