वित्तीय समावेशीकरण सूचकांक : पहुँच, प्रयोग र गुणस्तरमा वृद्धि « Khabarhub

वित्तीय समावेशीकरण सूचकांक : पहुँच, प्रयोग र गुणस्तरमा वृद्धि


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वित्तीय समावेशीकरण सूचकांकमा नेपालको विकास हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा उपभोक्ता संरक्षण विभागका अनुसार आर्थिक वर्ष ०७८-७९ को तुलनामा आर्थिक वर्ष ०८०-८१ मा नेपालको वित्तीय समावेशीकरण सूचकांकमा प्रगति भएको देखिएको हो ।

यो सूचकांकले वित्तीय सेवाहरूको मात्र र प्रकारमा भएको सुधार मात्र होइन, ती सेवा कसरी प्रयोग भइरहेको छ भन्ने पक्ष पनि देखाउँछ। आर्थिक वर्ष २०७८-७९ मा एफआईआई को सूचक ०.४० थियो, जुन २०८०-८१ मा ०.४७ मा पुगेको छ, जसले तीन वर्षमा उल्लेखनीय प्रगति भएको देखिएको हो।

विशेष गरी, पहुँच सूचकांक ०.३८ बाट ०.४७ मा पुगेको छ, जसले वित्तीय संस्था, डिजिटल उपकरणहरू र माध्यमहरू जनतामा पुगिरहेको जनाउँछ। प्रयोग सूचकांक ०.४३ बाट ०.४९ मा पुगेको छ, जसले डिजिटल भुक्तानी, बैंकिङ कारोबार र वित्तीय सेवाहरूको समग्र प्रयोगमा वृद्धि भएको देखिएको छ। 

गुणस्तर सूचकांक, जसले वित्तीय साक्षरता, ग्राहक सन्तुष्टि, पहुँचमा अवरोध, र उपभोक्ता संरक्षणजस्ता पक्ष मापन गर्छ, ०.३६ बाट ०.४१ मा पुगेको छ। यद्यपि गुणस्तर सूचकमा वृद्धिदर सानो देखिन्छ, यसले पारदर्शिता, निष्पक्षता, र समावेशिताजस्ता पक्षमा सुधार भएको संकेत दिन्छ।

यो सूचकांक सरोकारवालासँगको परामर्श र अन्तर्राष्ट्रिय अनुभव विशेष गरी भारतको रिजर्भ बैंकसँगको ज्ञान साझेदारी कार्यक्रमबाट सिकेर परिष्कृत र सुधार गरिएको हो।

वित्तीय समावेशीकरण पछिल्ला वर्षहरूमा एक महत्त्वपूर्ण राष्ट्रिय प्राथमिकता बनेको छ। सबै नागरिकहरू विशेष गरी ग्रामीण, टाढाका वा पछाडि पारिएका समुदायहरूले वित्तीय सेवाहरूको पहुँच पाउन सकुन् भन्ने सुनिश्चित गर्नु समावेशी आर्थिक वृद्धिका लागि अत्यावश्यक छ। यही सन्दर्भमा, नेपाल राष्ट्र बैंकले विकास र नियमित रूपमा वित्तीय समावेशीकरण सूचकांक (एफआईआई) अपडेट गर्दै आएको छ, जसले यस क्षेत्रमा प्रगतिको मूल्यांकन र निगरानी गर्छ।

एफआईआई एउटा समग्र सूचकांक हो जसले तीन प्रमुख पक्षहरूमा आधारित भएर वित्तीय समावेशीकरणको स्तर मापन गर्छस् पहुँच, प्रयोग, र गुणस्तर। यसले बैंकिङ, डिजिटल भुक्तानी, बीमा, लघुवित्त, पुँजी बजार (लगानी), र सामाजिक सुरक्षाजस्ता वित्तीय सेवाहरूको विस्तृत दायरा समेट्छ। एफआईआई ले नीति निर्माताहरूलाई प्रगति कहाँ हुँदैछ र अझ कता प्रयास आवश्यक छ भनेर बुझ्न सहयोग गर्छ, जसबाट वित्तीय सेवाहरू सबैसम्म न्यायपूर्ण, निष्पक्ष र प्रभावकारी रूपमा पुग्न सकून् भन्ने सुनिश्चित गर्न सकिन्छ।

एफआईआई को गणना मानव विकास सूचकांक (एचडीआई) सँग मिल्दोजुल्दो विधिबाट गरिन्छ, जसमा मानहरूलाई शून्यदेखि १ सम्म सामान्यीकरण गरिन्छ। उच्च स्कोरले वित्तीय समावेशीकरणको उच्च स्तर जनाउँछ। हालको संस्करण ३ वटा पक्षहरूमा रहेका ५५ भिन्न सूचकहरू प्रयोग गरेर तयार पारिएको हो। तीमध्ये १५ सूचक पहुँच, १५ सूचक प्रयोग र २५ सूचक गुणस्तरसँग सम्बन्धित छन् ।

सूचकांकको प्रत्येक पक्षअनुसार पहुँचलाई ३५ प्रतिशत, प्रयोगलाई ४५ प्रतिशत, र गुणस्तरलाई २० प्रतिशत दिइएको र यी मापन विशेषज्ञहरूको मूल्याङ्कनका आधारमा निर्धारण गरिएको विभागले जनाएको छ ।

किनभने दीर्घकालीन समयश्रृङ्खला तथ्यांकको अभावका कारण सेवाहरूको वास्तविक प्रयोग र डिजिटल वित्तीय उपकरणहरूमा आधारित आँकडामा बढी जोड दिइएको हो। सूचकहरू छनोट गर्ने र सूचकांकको कार्यप्रणाली विकास गर्ने कार्य एनआरबी का विभिन्न विभागका अधिकारीहरू सम्मिलित अन्तरविभागीय कार्यदलले गरेको हो राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ३ : ४९ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन