मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो | Khabarhub Khabarhub

मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा गर्न नमान्दा ३२ लाख घुस लिएको भनेर अडियोमार्फत् आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् ।

उनले आफूलाई जोडेर बाहिर ल्याइएको ११ मिनेट ४६ सेकेन्डको उक्त अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्। मन्त्रालयमा बिहीबार एक वर्षका उपलब्धि सुनाउन आयोजि पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यो दाबी गरेका हुन् ।

अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफूसँग सम्बन्धित नभएको पनि जिकिर गरेका छन् । ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्’, उनले भने, ‘मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’

उनले अडियोमार्फत् चरित्रहत्या गर्ने प्रयास भएको पनि बताए ।  ‘यो विशुद्ध चरित्र हत्या गर्ने प्रयास हो,’ मन्त्री अधिकारीले भने, ‘आफ्नो अभिष्ट पूरा गर्न खोजेका व्यक्तिहरू कास्कीका मालपोत अधिकृतलाई सरुवा गराउन मन्त्रालय आएका थिए। मैले हुन्न भनेपछि यी कुरा आए।’

३२ लाख घुस रकम लिएको दाबीसहित बुधबार अडिओ क्लिप बाहिरिएपछि बिहीबार मुख खोलेका उनले कास्कीको मालपोत अधिकृतको सरुवाका लागि केही व्यक्ति मन्त्रालयमा आएको स्वीकारे । आफूले उक्त सरूवाको कुरा नमान्दा अडिओ सार्वजनिक गरेर चरित्र हत्या गरिएको दाबी पनि गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ३६ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी