पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ ।

बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ । राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ ।

‘पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ५४ जनाको मृत्यु भएको छ र दुई सय २७ जना घाइते भएका छन्, अधिकांश मृत्यु पञ्जाबबाट भएको रिपोर्ट गरिएको छ’, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले एएफपीलाई भने । 

जुन २६ मा मनसुन सुरु भएदेखि ७० बालबालिकासहित करिब एक सय ८० जनाको मृत्यु भएको र करिब पाँच सय जना घाइते भएको प्रवक्ताले बताए ।

राष्ट्रिय मौसम विभागले शुक्रबारसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ ।  
    
‘जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपतकालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरू सहितको आपतकालीन किटहरू तयार गर्नुपर्दछ’, सरकारले भनेको छ ।

सन् २०२२ मा मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो र एक हजार सात सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ५ : २० बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका