स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो | Khabarhub Khabarhub

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले  पसल दर्ता खारेजी गर्न थालेका हुन् ।

आर्थिक वर्ष २०८१-८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार आव २०८१-८२ मा १७७ नयाँ उद्योग दर्ता भएकामा २६३ वटा खारेजी भएका छन् । वाणिज्यतर्फ सोही आवमा १४२ वटा नयाँ दर्ता भएकामा १९७ वटाको दर्ता खारेजी गरिएको छ । आर्थिक वर्ष २०८०-८१ मा २५० वटा नयाँ उद्योग दर्ता भएका थिए । सोही आवमा २२६ वटाको दर्ता खारेजी भएको थियो । 

वाणिज्यतर्फ १८५ वटा नयाँ दर्ता हुँदा २३४ वटाको दर्ता खारेजी भएको उनले जानकारी दिए । विगतका तुलनामा पछिल्ला वर्षमा व्यापार व्यवसाय घटेकाले उद्योग तथा व्यापार व्यवसाय दर्ता खारेजी गर्न निवेदन बढी आएको जनाइएको छ ।

खारेजी भएकामा बढी कृषि तथा पशुपालन फार्म, खाजा घर, रेष्टुरेन्ट, कुटानीपिसानीका उद्योग, फेन्सी पसल छन् । अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने पनि देखिएका छन् ।

उद्योग तथा व्यापार व्यवसायको दर्ता खारेजी हुनु अर्थतन्त्रका दृष्टिले राम्रो सङ्केत नभएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउँछन्। पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण पनि उद्योग तथा व्यापार व्यवसायमा कठिनाइ भएकाले खारेजी गर्ने बढेका हुनसक्ने उहाँको भनाइ छ । 

आव २०८१-८२ मा विविध शीर्षकबाट पर्यटन तथा उद्योग कार्यालयले ५५ लाख ५५ हजार ७७० राजस्व संकलन गरेको थियो । आव २०८०-८१ मा भन्दा आव २०८१-८२ मा २२ लाख बढी राजस्व संकलन भएको हो । 

नवीकरण गर्न एक वर्ष नाघेका फाइल जरिवाना भुक्तानी गरेर नवीकरण गर्न पाउने नियम आएसँगै गत आवमा राजस्व बढेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ०० बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका