दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली | Khabarhub Khabarhub

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।

असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दशैँको रौनकसँगै चहलपहल बढेको छ ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका यहाँका स्थानीय दशैँ मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ घरमा निकै चहालपहल तथा रमाइलो छाउन थालेको बडीकेदार गाउँपालिकाका–१ का स्थानीय प्रकाशबहादुरले बताए ।

उनले भने, “पहिले गाउँमा प्राय सुनसान थियो । अहिले दशैँ मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ ।” कामका लागि भारत गएकाहरु गाउँघरमा फर्किन थालेपछि अहिले यहाँका गाउँघरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको स्थानियवासी बताउँछन् । अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका काफलीका स्थानीय व्यापारी जहरसिंह खवारले बताए ।
उनले भने, “दशैँ, तिहारमा प्रायः पैसा नभएको त कोही हँुदैन् तै पनि रोजगारीबाट फर्किएकाले बढी सरसामान किन्ने हुँदा यहाँको व्यापार व्यवसाय एकाएक फष्टाएको छ ।” उता रोजगारीका लागि भारत गएकाहरु घर फर्किदा सीमा नाकाहरुमा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केराला शहरमा काम गरी फर्किएका डोटीको पूर्वीचौकी गाउँपालिकाका स्थानीय राम विकले गुनासो गरे ।

उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी तारणीप्रशाद लम्सालले भारतबाट फर्किने नेपालीहरुलाई दुःख नदिन सिमा क्षेत्रमा खटिएका प्रहरीलाई निर्देशन दिएको बताए ।

सीमा क्षेत्रमा वर्षेनी सुदूरपश्चिमेलीहरु लुटिदा र हेपिदासमेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिमेलीहरु कैलालीको त्रिनगर तथा कञ्चनपुर जिल्लाको गड्डा चौकी भन्सारमा बढी लुटिने गर्ने गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ९ : ०२ बजे

स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो

पाइपोर्टा – बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका

खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम

गण्डकी – भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका ९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको