ट्रम्पलाई नसा सम्बन्धी समस्या | Khabarhub Khabarhub

ट्रम्पलाई नसा सम्बन्धी समस्या


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक समस्या देखिएको छ। खुट्टा सुनिन थालेपछि परीक्षण गराएका उनको रगतको नसामा समस्या देखिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी हुन्।

ट्रम्पका चिकित्सक सियन बारेबलाको रिपोर्टलाई हेर्दै लेभिटले यसको जानकारी दिएका हुन्। अहिले ट्रम्पलाई देखिएको समस्या ७० वर्ष पार गरेका मानिसमा सामान्य भएको बारेबलाको रिपोर्टमा उल्लेख गरिएको छ।

यसै साता ट्रम्पले पिँडुला सुनिएको अनुभव गरेपछि यो परीक्षण भएको हो। यसबाहेक ट्रम्पको अन्य ल्याब परीक्षणको रिपोर्ट सामान्य भएको जनाइएको छ। उनले इकोकार्डियोग्राम गराएका थिए। उनको मुटु पनि सामान्य नै रहेको जनाइएको छ।

पाको उमेरमा यो एकदमै समस्या भए पनि यसले मुटुको समस्या समेत निम्तन सक्ने डा. बर्नाड असबाईले बताएका छन्। बढी तौल भएका तथा शारीरिक रूपमा धेरै सक्रिय नरहने व्यक्तिलाई पनि यो समस्या देखापर्न सक्ने चिकित्सकले बताएका छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ४४ बजे

कांग्रेस-एमाले गठबन्धन ०८४ सम्मै जान्छ : पूर्णबहादुर खड्का 

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन

माधव नेपालले भने- एमाले हामीलाई सक्ने योजनामा लागेको छ, एकताको भ्रममा नपर्नू

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)

‘सिड’ ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन महासन्धिसम्बन्धी

एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा

काठमाडौं – विवाहको छ महिनामै चर्चित गायिका एलिना चौहानसँग सम्बन्धविच्छेद

कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर 

धनगढी– २०५७ साउन २ कमैया समुदायका लागि खुसीको दिन । नीतिगत