रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा « Khabarhub

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा भारतका जसप्रित बुमराह शीर्ष स्थानमा छन्। भारतसँगको दोस्रो टेस्टमा छाएपछि इंग्ल्यान्डका हेरी ब्रुकले रुटलाई पछि पारेका थिए।

तेस्रो टेस्टमा रुटले शतक प्रहार गरेपछि उनी फेरि शीर्ष स्थानमा उक्लेका हुन्। ब्रुक भने तेस्रो स्थानमा झरेका छन्। दोस्रो स्थानमा न्युजिल्यान्डका केन विलिम्सन छन्।

जमैकामा भएको लो स्कोरिङ खेलको पहिलो पारीमा ४८ रन प्रहार गरेका अस्ट्रेलियाका स्टेभन स्मिथ भारतका यशस्वी जयसवाललाई पछि पार्दै चौथो स्थानमा उक्लेका छन्। पहिलो पटक इंग्ल्यान्डसँगको टेस्टमा अर्धशतक प्रहार गर्न चुकेका जयसवालले पहिलो पारीमा १३ तथा दोस्रो पारीमा शून्य रन प्रहार गरेका थिए।

बुमराह भने यस अघि नै पहिलो वरीयतामा थिए। उनले इंग्ल्यान्डसँगको शृङ्खलामा १२ विकेट लिइसकेका छन्। दोस्रो टेस्टमा आराम गरेका उनले अन्य दुई टेस्टमा सो सफलता पाएका हुन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ०३ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु