युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित « Khabarhub

युरो कप : पाँच पेनाल्टी प्रहार खेर गएपछि इंग्ल्यान्डसँग स्विडेन पराजित


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विडेनलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै इंग्ल्यान्ड महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ। समग्रमा ९ पेनाल्टी खेर फालिएको खेलमा इंग्ल्यान्डका लागि लुकी ब्रोन्जले विजयी पेनाल्टी प्रहार गरेकी थिइन्। ब्रोन्जको प्रहार लगत्तै स्विडेनकी स्मिला होल्मवर्गको प्रहार गोल पोस्ट भन्दा माथि बाट बाहिरिएको थियो।

यसअघि निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएको थियो। सो खेलमा स्विडेनले २-० को अग्रता लिए पनि जोगाउन नसेकेको हो।

स्विडेनले ७ पेनाल्टीमा दुईमा मात्र सफल प्रहार गरेको हो। जुरिचमा भएको खेलमा खेल सकिन ११ मिनेट बाँकी रहँदा स्विडेन २-० ले अघि थियो। कप्तान कोसालाने अस्लानी तथा आर्सनलका फरवार्ड स्टिना ब्ल्याक स्टेनसको गोलमा स्विडेनले अग्रता लिएको हो।

खेल सकिन ११ मिनेट बाँकी रहँदा इंग्ल्यान्डका ब्रोन्जले कोली केलिको क्रसमा हेड गोल गरिन् भने टिनएजर वैकल्पिक खेलाडी मिकेल अगाययामले पेनाल्टी मार्फत गोल गरिन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ५३ बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र