प्रभासले गरे होम्बाले फिल्म्ससँग तीन फिल्मको सम्झौता « Khabarhub

प्रभासले गरे होम्बाले फिल्म्ससँग तीन फिल्मको सम्झौता


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्यान-इन्डिया सुपरस्टार प्रभासले तीन फिल्मका लागि होम्बाले फिल्म्ससँग ऐतिहासिक सम्झौता गरेका छन्, जुन भारतीय फिल्म उद्योगकै लागि निकै ठूलो खबर मानिएको छ।

केजीएफ, कान्तारा, र सलार जस्ता सुपरहिट फिल्म निर्माण गरेको यो ब्यानरसँगको सहकार्यले प्रभासको करिअरमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ। यस सम्झौतासँगै प्रभास पहिलो ठूला तेलुगु स्टार बनेका छन्, जसले एउटै प्रोडक्सन हाउससँग यति ठूलो दीर्घकालीन सम्झौता गरेका हुन्।

भारतीय मिडिया टाइम्स अफ इंडियाका अनुसार प्रभासले यो निर्णय आफ्नो अनुभव र होम्बाले फिल्म्सको कार्यशैलीप्रति देखाएको गहिरो विश्वासका आधारमा गरेको बताउछन्।

प्रभासले केजीएफको शूटिंगका क्रममा घटेको एक रोचक घटनाको स्मरण गर्दै भने ‘केजीएफको सेटमा आगलागी भयो र बजेट पनि निकै कम थियो, सबैजना तनावमा हुँदा पनि निर्माता विजय किरागन्दरले शान्त हुँदै भने, ‘पैसाभन्दा महत्त्वपूर्ण राम्रो काम हो’, त्यस दिनदेखि मैले महसुस गरेँ — यो ब्यानर साँच्चिकै गुणस्तरलाई प्राथमिकता दिन्छ।’

प्रभासको यो अभिव्यक्तिले फ्यानलाई केजिफको पार्ट तीनमा प्रभासको इन्ट्री हुन सक्ने अड्कलबाजी फ्यानले गरेछन्। तर प्रभासले कुन कुन तीन फिल्मका लागि सम्झौता गरेका छन् भनेर खुलाएको छैन। यो सम्झौताले न केवल प्रभास र होम्बाले फिल्म्सलाई मात्रै नभई दर्शकसमेत अब प्रभासले कुन–कुन अनौंठा, भव्य र नयाँ कथामा अभिनय गर्नेछन् भन्नेमा उत्सुक छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : ५४ बजे

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु