अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन « Khabarhub

अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो सङ्घीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको सुरुवात मात्र हो ।

यो कटौतीले प्रविधि अर्बपति र ट्रम्पका पूर्व दाता एलन मस्कले सङ्घीय लागत कटौतीको नेतृत्व गर्ने भूमिकाबाट मेमा बिदाई लिनुअघि फेला पार्ने प्रतिज्ञा गरेको वार्षिक १० खर्ब डलर बचतको धेरै सानो अंश मात्र हासिल गर्छ ।

तर भर्खरै अमेरिकी ऋणमा ३० खर्ब डलरभन्दा बढी थप्ने अपेक्षा गरिएको घरेलु नीति विधेयक पारित गरेका रिपब्लिकनहरूले यो मतदानले बेलगाम खर्चलाई नियन्त्रण गर्ने ट्रम्पको चुनावी प्रचार प्रतिज्ञालाई सम्मान गरेको बताएका छन् ।

“राष्ट्रपति ट्रम्प र सदनका रिपब्लिकनहरूले वित्तीय जिम्मेवारी र सरकारी दक्षताको प्रतिज्ञा गर्नुभएको थियो”, सभामुख माइक जोन्सनले मतदानपछि तुरुन्तै विज्ञप्तिमा भने, “आज, हामी फेरि एक पटक त्यो प्रतिज्ञा पूरा गर्दैछौँ ।”

कंग्रेसका दुवै सदन रिपब्लिकन–नियन्त्रित छन् । यसको अर्थ पार्टी–लाइन हाउस अफ रिप्रेजेन्टेटिभ्सले मध्यरातको केही क्षणपछि २१६ देखि २१३ को मत, सिनेटद्वारा पारित उपायलाई सदर गर्न पर्याप्त थियो ।

अधिकांश कटौतीले रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशहरूका लागि कार्यक्रमहरूलाई लक्षित गर्छ तर यो कदमले आगामी दुई वर्षमा कर्पोरेशन फर पब्लिक ब्रोडकास्टिङले प्राप्त गर्ने भनिएको एक अर्ब १० करोड डलर पनि खारेज गर्छ ।

कन्जर्भेटिभहरू प्रायः एक हजार पाँच सयभन्दा बढी स्थानीय सार्वजनिक रेडियो र टिभी स्टेसनहरूका साथै सार्वजनिक प्रसारणकर्ताहरू एनपीआर र पीबीएसमा जाने कोष अनावश्यक भएको र पक्षपातपूर्ण कभरेजलाई वित्त पोषित गरेको बताएका छन् । (रासस)

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ०० बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

मकवानपुर – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका